कैलाली चैत्र ९ , नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) कैलालीले विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका लागि धनगढीमा रहेको असाह्य बालबालिका र महिलाहरु बस्ने दृष्टि फाउन्डेसनमा मास्क , डिटोल साबुन , हन्याड वासहरु , सेनिटाईजरहरुका साथै फलफुल र नगद २१ सय ५० सहयोग प्रदान गरेको छ ।

सो कार्यक्रममा सङ्गठन का सेतिमहाकाली संयोजक विरेन्द्र शाह , सङ्गठनका केन्द्रीय सदस्य बबर जङ्ग सिंह ,नेकपा नगर पार्टी इन्चार्ज प्रकाश रावल , अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा दृष्टि फाउन्डेसन कि संचालिका कल्पना भट्टले आफुहरु राज्यका विभिन्न निकायमा सहयोगको लागि गुहार माग्दा पनि राज्यको कुनै पनि निकाय बाट सहयोग नभएको गुनासो गरेकी थिईन ।

प्रतिक्रिया दिनुस