काठमाडौं ,चैत्र १० , काठमाडौंमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन्। सोमबार बिहान स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन्।

फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयमा अहिले भइरहेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले हिजो जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताए। उनी सगै आएका सबै बिमान यात्रु लाई पनि क्वारेन्टाईमा राख्ने तयारी रहेको जनाएको छ ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।अनलाई खवरबाट

प्रतिक्रिया दिनुस