कञ्चनपुर चैत्र, १० ,नेकपा (क्रान्तिकारी माओवादी) बिश्व भरिमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न अपिल गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकले एक प्रेस विज्ञप्ती जारी गरेर सबै जनताले सचेत भएर रहन आग्रह गरिएको छ ।

यस्तो संकटको समयमा आतंकित भएर होइन होसियारी पुर्वक आत्मविश्वास र एकताबद्ध भएर सचेत ढङ्गबाट यसको सामना गर्न सबैमा हार्दिक अनुरोध गरिएको छ । गाउघरमा समेत भेटघाट बन्द गरेर आ आफ्नै घरमा सुरक्षित भएर बस्न समेत अनुरोध गरिएको छ ।

अपिल यस्तो छ अपिल
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी )
सुदुरपश्चिम प्रदेश समितिकोरोना भाइरसको महामारी बाट बचौं र बचाउ । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संत्रासले संसारभरि समाजलाई ब्यापक रुपमा प्रभावित गरेको पाइन्छ र यसबाट हाम्रो समाज पनि निकै त्रसित र भयभीत भएको छ । यस्तो संकटको समयमा आतंकित भएर होइन होसियारी पुर्वक आत्मविश्वास र एकताबद्ध भएर सचेत ढङ्गबाट यसको सामना गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।यस समयमा सरकारका तर्फबाट चाल्नुपर्ने कदम र तयारी पुगेको देखिदैन। सम्भावित खतराबाट अपनाउनु पर्ने सतर्कता समेत हचुवा रहेको देखिन्छ कोरोना भाइरस परिक्षणको निम्ति सबै प्रदेश मा प्रयोगशाला को प्रयाप्त तयारी गर्न सकेको छैन । सुदुरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्ला भारत सित सीमा जोडिएका छन यहाँका बहुसंख्यक जनता सीमापार रोजगारी मा छन भारतमा कोरोना भाइरस को संक्रमण देखिए पछि घर फिर्ता आउनेको संख्या धेरै रहेको छ अन्य देशबाट पनि नेपाली हरु घर फिर्ता आइरहेछन् यस्तो अवस्थामा थोरैमात्र पनि सतर्कता अपनाउन नसक्ने हो भने हामीलाई धेरै ठूलो महाआपत आइलाग्न सक्छ त्यसैले डराएर होइन सतर्क र आत्मबिस्वासका साथ स्वास्थ्य कर्मचारीको सल्लाह अनुसार यस महाबिपती बाट हामी आफु बचौ र अरुलाई पनि बचाउ ।नेपालमा कोरोना भाइरस नलाग्ने भ्रम, सीमानाका बन्दको सुचना अभावका कारण, कठिन समयमा घरपरिवार सित बिताउने उदेश्य का कारण भारतीय सीमामा आएर अलपत्र पर्न सक्ने नेपाली दाजुभाइ तथा दिदीबहिनी साथै अन्य मुलुकबाट समेत नेपाल फर्किन चाहने दाजुभाइ दिदिबहिनी हरुको आवगमन का लागि बिशेष ब्यबस्था गर्ने र क्वारेन्टाइन को ब्यबस्था मिलाउन सरकार सित जोडदार माग गर्दछौं । मानवीय सदभााव बिपरित कालोबजारी गर्ने ठगि गर्ने कोरोना सम्बन्धि अफवाह फैलाउने हरुलाई कानुनी दायरामा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।मानवीय जीवनको कठिन समयमा सरकार प्रतिपक्ष बिद्रोही नभनी सम्पुर्ण राजनीतिक पार्टी नागरिक समाज संचारकर्मी उद्योगी ब्यापारी बुद्धिजीवी र आम नागरिक एकताबद्ध भइ नागरिकको जीवन बचाउन लगौ र आफु पनि बचौ
क्रान्तिकारी अभिवादन सहित
क चिन्तक
२०७६.१२१० सेक्रेटरी

प्रतिक्रिया दिनुस