कञ्चनपुर चैत्र १० ,कोरोनाको त्रासले कञ्चनपुरमा हिजो राति देखि लकडाउन गरे पछि रोमबार बिहान भारत बाट आएर गड्डाचौकी नाकामा फसेका सबै नेपाली घर फर्किए छन । कोरोनाको त्रासले भारतबाट घर फर्किएर गड्डाचौकी नाकामा बिहान देखि फसेका ४०८ जनालाई सामान्य ज्वरोको परिक्षण गराएर महेन्द्रनगर प्रवेश गराएको हो ।

गृहमन्तालयले चेक जाच गरी नेपाल भित्रयाउन गरेको सूचननाको आधारमा लकडाउनको आज पहिलो दिन बेलुका ६ बजे बजे सम्म कुल ८९३ जना महेनद्रनगर प्रवेस गराएका छन ।गृहमन्तालयको अर्का सूचना आउदा सम्म कञ्चनपुर लकडाउन रहने कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस