कञ्चनपुर, चैत्र ११ । कोरोना भाइरसको कारण विश्व आतंकित भएका बेला भारत देखि नेपाल फर्किएका सयौ नेपाली गड्डचौकी नाका भन्दा दुई किलो मिटर पर अलपत्र परेका छन । अलपत्र परेका मध्ये धेरै साना साना नानीबाबु बोकेकी महिला, बुद्धबृद्धा, युवाहरु रहेका छन् ।

भारतको जनता क्र्फयु र नेपालको लकडाउनले हतार हतारमा घर फर्किन लागेका हजारौं नेपाली बनवसा भन्दा २ किलोमिटर यता नेपाल तर्फ भारतीय प्रहरीले नेपाल नआउन दिए पछि अलपत्रमा परेका हुन ।

भारतमा कामगर्ने कम्पनीहरु बन्द भए पछि नेपालीहरु घर आउन बाध्य भएको बताउदै हतार हतार गरेर घर फर्किन लागेका नेपालीहरु अलपत्रमा परेका छन् । अलपत्र परेका बेलडाँडीका मानु खडकाका अनुसार यहाँ धेरै महिला बच्चा सहितका भएकोले यहाँ कुनै होटल नभएको र आज बिहान २ बजे देखि यहा भारतीय प्रहरीले रोकेको बताउदै बच्चाहरु भोकले कराइरहेको बताए । हामी यो विपदको घडीमा भएको बेला हाम्रो बाध्यतालाई कसैले पनि नबुझिदिएको दुखेसो सुनाउनु भयो । उनले भने कसरी हुन्छ यी बालबालिकाको उद्धार गरिदिन अनुरोध गरे आफुहरु अहिले १ हजारको संख्यामा यहाँ बसेको बताउदै भारतको टाढा टाढा बाट आउदा ढिला भएको बताउदै अलपत्रमा परिएको जनाउनु भयो । ४ दिन ४ रातको बाटो भएर आफुहरु आउदा यहाँ लकडाउन भएको जनाए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नरहरि प्रशाद खतिवडाले भने यति बेला लकडाउन नेपाल सरकारले गरिसकेको बेला अहिले तुरुन्त केहि नर्गन सकिने बताउनु भयो । उहाँका अनुसार जो जहाँ छ त्यही बस्ने भन्दै अर्को विकल्प नहुन्जेल सम्म यथा स्थानमा बस्ने बताउनु भयो । उहाँका अनुसार आफुले माथिल्लो निकायमा यस बारे जारकारी गराइराखेको बताउदै यसको विकल्प खोज्नेमा सरकार लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुस