कञचनपुर चैत्र ११ । भारतमा कोरना भाईरसको त्रास बढेपछि स्वदेश फर्किने क्रममा मंगलवार सीमा क्षेत्र गड्डाचौकीमा अलपत्र परेका नेपाली नागरिकलाई कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले उनीहरुको तिर्खा मेटाउन पानी वितरण गरेकी छिन् ।

भारतका विभिन्न शहरबाट सीमा क्षेत्र गड्डाचौकी पुगेका नेपालीको हरिबिजोग भएको संचार माध्यामबाट थाहा पाएपछि अधिकारकर्मी नेगी मंगलबार दिउँसो पानी बोकेर सीमा क्षेत्र गड्डाचौकी पुगेकी थिईन् ।

उनले बिरामी, गर्भवती महिला र बालबालिकालाई प्राथमिकतामा राखेर तीन पेट पानी वितरण गरेकी हुन् । ‘हाम्रा नेपालीचेलीबेटी सीमा क्षेत्रमा अलपत्र परेको खबर थाहा पाएर आफुले सक्ने सहयोग पानी लिएर यहाँ आएकी हुँ, ‘उनले भनिन, ‘यस्तो कहालीलाग्दो अवस्थाबाट हामी कहिले मुक्त भईएला ।’ अधिकारकर्मी नेगीले उनीहरुलाई पानी वितरण गरेपछि उनीहरुले तिर्खा मेटाएको बताए ।

प्रतिक्रिया दिनुस