कञ्चनपुर चैत्र १३, । कञ्चनपुरको वेतकोट नगरपालिको- १०मा रहेको वेतकोट मध्यवर्ति क्षेत्रमा रुख काटिरहेको अवस्थामा ४ जना  काठ तस्कर पक्राउ परेका छन ।

बुधबार राति देशभर लकडाउनको मौका छोपेर मध्यवति वन क्षेत्रमा रुख काटेको अवस्था नेपाली कांग्रेस पार्टी तरुण दलका क्षेत्रिय संयोजक वेतकोट नगरपालिका १० का तस्कर नाईके चन्द्र कान्त भट्ट,करन पन्त , बहादुर डगौरा ,हर्क नेपाली पक्राउ परेका हुन। रुख काटेको विशेष सूचनाका आधारमा शुक्लाफाँटा निकुन्जको र्अजुनी पोष्ट बाट गएको टालीले उनीहरु लाई पक्राउ गरेको हो

। अहिले पक्राउ परेका ४ जनालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालयमा राखिएको छ । थप जानकारी केहि समय पछि दिने र ४ जना पक्राउ परेको आरक्ष कार्यालयले जनाएको छ । तस्करहरुलाई आर्थिक तथा राजनैतिक दवावमा आधारमा सूचना दिन आानाकानी गरिएको
छ । स्थानिएले काठ तस्करलाई कार्वाही गर्न माग गरेका छन ।

प्रतिक्रिया दिनुस