कञ्चनपुर चैत्र, १३ । कोरना भाइरसको सङ्क्रमणबाट जोगिन शुक्लाफाँटा नगरपालिकाले क्याम्पस र विद्यालय भवनलाई आइसोलेसन कक्ष बनाएको छ । शुक्लाफाटा नगरपालिकाले झलारी स्थित कृष्ण वैजनाथ बहुमुखी क्याम्पस र पिपलाडी राष्ट्रिय माध्यमीक विद्यालयलाई आइसोलेसन कक्ष निर्माण गरिएको छ । शुक्लाफाँटा नगरपालिका–१० स्थित कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी भवनमा ७ शै्यया र राष्ट्रिय माध्यमीक पिपलाडीमा ५ शै्ययाको आइसोलेसन कक्ष तयार पारिएको छ ।

आइसोलेसन कक्षका लागि आवश्यक सामग्री खरिदमा जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी २० लाख बजेट परिचालन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । भारत र वैदेशिक रोजगारवाट बाहिरबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर आइसोलेसन कक्षमा राखिने उहाँले बताउनुभयो ।

त्यसैगरि नगरपालिकाले भारत तथा तेसो मुलकमा गई रोजगारीबाट घर फर्कने व्यक्तिको रेकर्ड राख्दै उनीहरुको स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाईएको छ, । जसका लागि नगरभित्रका सबै स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीहरुलाई खटाउने निर्णय गरिएको छ । नगरप्रमुख ऐरले सबैले आ आफ्नो घरलाई नै क्वारेन्टाइनको रुपमा लिनुपर्ने र अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नगरबासीलाई अनुरोध गरेका छन् । नगरले नागरिकको स्वास्थ्य सुरक्षाकालागि पिपलाडी स्वास्थ्य चौकीको म१झ १०० नम्बर प्लेटको र सुनवरा कृषि सहकारी संस्थाको म१च ८४६ नम्बर प्लेटको दुईवटा एम्बुलेन्स २४सै घण्टा तयार राखिएको नगर प्रमुख ऐरले बताए । बाहिरबाट नगरपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच, तीन स्वास्थ्य चौकी र विभिन्न वडामा रहेका शहरी स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हातधुने व्यवस्था, स्यानिटाइजर, पञ्जालगायत सामग्रीको व्यवस्थापन मिलाएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस