कञ्चनपुर चैत्र १३, । कोरोनाको डरले देशभर लकडाउन भईरहेको मौका छोपेर कञ्चनपुरको वेतकोट नगरपालिका १०मा रहेको वेतकोट मध्यवर्ति क्षेत्रमा रुख काटिरहेको अवस्थामा ४ जना काठ तस्कर पक्राउ परेका छन ।

बुधबार राति लकडाउनको मौका छोपेर मध्यवति वन क्षेत्रमा रुख काटेको अवस्था नेपाली कांग्रेस पार्टी तरुण दलका क्षेत्रिय संयोजक तथा कांग्रेस वेदकोट नगर कमिटि सचिव चन्द्र कान्त भट्ट, वेदकोट नगर पालिका १० का करन पन्त , बहादुर डगौरा ,हर्क नेपाली रहेका छन। रुख काटेको विशेष सूचनाका आधारमा शुक्लाफाँटा निकुन्जको र्अजुनी पोष्ट बाट गएको टालीले उनीहरु लाई पक्राउ गरेको हो । पक्राउ परेका ४ जनालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालयमा राखिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रशाद पौडेलका अनुसा रुख काटिरहेको अवस्थामा चन्द्रकान्त भट्ट सहितका चार जना पक्राउ गरि मझगाउँ ल्याएको बताए । उनीहरु बिरुद्ध वन ऐन ०७६ अनुसार मुद्दा दर्ता गरेर कार्बाही प्रकृया अघि बढिसकेको प्रमुख संरक्षण अधिकृत पौडेलले बताएका छ्न ।

प्रतिक्रिया दिनुस