22

कञ्चनपुर, १३चैत्र । कोरना भाईरसको संक्रमणबाट बाँच्नका लागि विदेशबाट आएका नागरिकलाई दुई साता अर्थात १४ दिनसम्म होम क्वारेन्टाईनमा राखिने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडा संयोजकत्वको कोरना भाईरस (कोडिभ)१९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिको बिहीबारको बैठकले भारत लगायत तेस्रो मुलुकबाट घर फर्किएका नागरिकलाई १४ दिनसम्म होम क्वारेन्टाईनमै राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

विदेशबाट आएका नागरिकमाथि कोरनाको कारण देखाएर हुने दुव्र्यवहार गरेको पाईएमा त्यस्ता व्यक्तिमाथी कार्बाही गर्ने चेतावनी दिईएको छ ।कोरना रोकथामका लागि स्थानीय तहले गरेका कामकाजलाई नियमित प्रशासनमा रिर्पोटिङ्ग गर्ने भएका छन् । कोरनाको संक्रमित व्यक्ति फेला परेका आईसोलेशनको व्यवस्थापन गर्ने र स्थानीय स्तरमा खाद्यान्नको आपूर्ति गर्ने समेत निर्णय भएको छ ।

जिल्लामा रहेका सबै एम्बुलेन्स स्टेन्ड राख्दै खोजेको समयमा उपलब्ध गराउने प्रबन्ध गर्दै परिचालन गरिने भएका छन् । स्थानीय स्तरमा पिपिई, उपचार समाग्रीको उत्पादन एव आपूर्ति गर्ने र त्यसका लागि सेना सहितका निकायलाई जिम्मेबारी दिने निर्णय भएका छन् । यस अघि पनि कोरना भाईरस (कोडिभ)१९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिले विभिन्न निर्णय गर्दै आएको छ । गरेका निर्णय कार्यान्वयनका लागि समितिले सम्बन्धीत निकाय एव पक्षसंग आब्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुस