कञ्चनपुर चैत्र २० ।कोरना भाईरस (कोडिभ) १९ संक्रमणको विश्वभरी कहर छ । कोरना बिरुद्ध नेपालले समेत लामो समयसम्म लकडाउन गरेको छ । भारतसंग सीमा जोडिएको कञ्चनपुरमा समेत लकडाउन प्रभावकारी बनाउन सरकारी संयन्त्र परिचालन गरिएका छन् । त्यस्तै गरि जनप्रतिनिधी समेत खटिएका छन् । वडा स्तरमा निर्माण भएका समितिहरु समेतले सकृयता देखाएको छ ।

कोरनाको मौकाछोपी अबाञ्चित गतिबिधी समेत भईरहेका छन् । त्यसलाई न्यूनिकरण गर्दै कोरनाबाट बाँच्नका लागि प्रयास पनि भईरहेका छन् । बेदकोट नगरपालिका १० का वडाध्यक्ष केशव रावलको अध्यक्षतामा गठन भएको कोरना प्रतिकार्य समनवय समितिले समेत लकडाउन प्रभावकारी बनाउन वडामा जनचेतनामुलक कार्यक्रमका साथै वडामा हुने अबाञ्चित समाज बिरोध गतिबिधी नियन्त्रणमा सकृयता देखाएको छ ।
बेदकोट नगर १० कोरना प्रतिकार्य समन्वय समितिका सदस्य सागर सुनारले कोरना बिरुद्ध समितिले जनचेतनामुलक कार्यक्रम संचालनका लागि वडामा हुने समाजिक बिरोधी गतिबिधी नियन्त्रण गर्न लागिएको बताए । ‘अहिले संकटको समय हो, ‘उनले भने, ‘यस्तो संकटका बेला राज्यकोृ मुख ताक्नु हुँदैन, हामीले समेत गैर कानुनी गतिबिधी बिरुद्ध आवाज उठाउनुपर्छ ।’

नेकपा बेदकोट १० का वडाध्यक्ष समेत रहेको सागरले लकडाउनको मौका छोपी दुई चोक चतहरी र नयाँगाउँ क्षेत्रमा जुवातास खेलिरहेका १८ जना जुहाडेलाई लखेट्दै अव अपरान्त वडामा जुवातास खेलेको देखे कार्बाहीको चेतावनी दिए । ‘हाम्रो टोली जुवाखाल नजिकै पुग्दा उनीहरु भागे, ‘सागरले भने, ‘केही परसम्म लखेट्दै अव उपरान्त यस्तो अबाञ्चित गतिबिधी नगर्न आग्रह गरियो ।’ वडाभरीका १० मदिराका पसललाई चेतावनी दिदै अवउपरान्त पसल नखोल्न मौखिक चेतावनी दिईएको छ ।

‘विदेशबाट आएका नागरिकलाई होम क्वारेन्टाईनमै बस्न आग्रह गरिरहेका छौँ, ‘उनले भने, ‘कुनै समस्या भए सम्पर्क गर्न अनुरोध गरियो ।’ विदेशबाट आएका ४ जनालाई उद्दार गरेर क्वारेन्टाईमा राखिएको बताए ।

वडाभरीका विपन्न समुदायका विवरण संकलन गरियो । उनका अनुसार तरकारी खपतका लागि नयाँ गाउँको चौकिदार क्वाटर नजिक स्वास्थ्य चौकीमा तरकारी बिक्रि केन्द्र राखिने छ । लकडाउन पालना गर्दै कोरनाबाट सचेत गराउनका लागि माईकिङ्ग, सुचना टाँसका साथै आग्रह गरेरै भएपनि लकडाउन प्रभावकारी बनाईएको सागरले बताए । उनका अनुसार वडामा नयाँ व्यक्ति प्रवेस गरे लगत्तै पुरै जानकारी लिईन्छ । ‘आफ्नो वडा आफैले सुरक्षित बनाउनका लागि वडाका व्यक्ति नै पहिलो जिम्मेबार हुन, ‘यसरी नै हामी आफु पनि बाँच्छौँ, अरुलाई पनि बचाउँन सक्छौँ ।’

प्रतिक्रिया दिनुस