कञ्चनपुर चैत्र, २० ।कोरना भाईरसबाट बाँच्नका लागि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १ बन्साहमा रहेको एक सामुदायिक वन उपभोक्ता समुहले जनचेतना फैलाईरहेको छ ।
बन्साहमा रहेको डिलाशैनी सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ता र ग्रामीणभेगरित जनचेतनामुलक कार्यक्रम संचालन गरेको हो ।
डिलाशैनी सामुदायिक वनका अध्यक्ष अमर बहादुर विष्टले घरदैलो गरेर २५० परिवारलाई मास्क, डिटोल साबुनपानी वितरण गरिरहेको बताए ।
अध्यक्ष विष्टले महामारीबाट बाँच्नका लागि पुर्व तयारी स्वरुप उपभोक्तलाई हातधुनेदेखि कसरी बाँच्न सकिन्ने भन्ने विषयमा सचेत गराईरहेको बताए । अध्यक्ष विष्टले महामारीको समयमा सरकारको मुख ताक्नु भन्दा पनि आ–आफ्नो ठाँउबाट जे गर्न सकिन्छ, त्यही गर्नुपर्नेमा जोडदिएका छन ।
प्रतिक्रिया दिनुस