कञ्चनपुर ,चैत्र २० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा १- बन्शाहमा कोरना भाईरस -कोडिभ–१९_को संक्रमण रोकथामका लागि निर्माण गरिएको क्वारेन्टाइन आज देखि सञ्चालनमा आएको छ । बन्शाहको प्रहरी चैकी नजिक ईलाका वन कार्यालयमा निर्माण गरिएको १० बेडको क्वारेन्टाइनमा भारत बाट आएका २ दुई जना क्वारेन्टाइनमा बस्न शुरु गरेको छन ।
भारतबाट मजदुरी गरेर घर पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य तथा वार्ड १ का सदस्य प्रर्मानन्द जोशीले जानकारी दिनुभयो । अव देखि भारतबाट आएका सबैको स्वास्थ्य परिक्षण गरेर क्वारेन्टाइनमा राखिने र क्वारेन्टाइनमा बसेकाहरुको सबै व्यवस्था गरिने सदस्य जोशीले बताए ।
प्रतिक्रिया दिनुस