कञ्चनपुर, २० चैत्र । कोरना भाईरस (कोडिभ–१९)को संक्रमणले रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा कञ्चनपुरमा गहुँ काट्ने र थ्रेसिङ्ग चलाउन दिईने भएको छ । यस बर्षको दोस्रो बाली गहुँ पाकिसकेको छ । किसानले गहुँ काट्न पाउने र थ्रेसर पनि संचाउन पाउँने भएका हुन् ।
बुधबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नरहरि प्रशाद खतिवडा संयोजकत्वको कोरना भाईरस कोडिभ–१९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरिय समन्वय समितिको बैठकले भिडभाँड नहुने गरि स्थानीय तह र सुरक्षा निकायसंग आवश्यक समन्वय गरि गहुँ काट्न र थ्रेसिङ्ग चलाउन पाउने निर्णय गरिएको हो ।

गहुँ काट्ने र थ्रेसिङ्ग संचालन गर्ने दिने अनुमति दिएसंगै कञ्चनपुरका किसानले राहत पाउने भएका छन् । लकडाउनको मौकाछोपी किसानलाई दुख दिने, गहुँ नचुट्ने र अनावश्यक मुल्यबृद्धि गर्ने टेक्टर व्यवसायीमाथी कार्बाही गर्ने समेत चेतावनी दिईएको छ ।
यस्तै बैठकले साँझ ८ बजेपछि कुखुराका दाना ढुवानी गर्ने दिने, डाईलासिसका बिरामीलाई सवारी पास नचाहिने अस्पतालको पूर्जीको आधारमा बिरामी र सहयोगीलाई सहज रुपमा आवागमन गर्न दिने भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको रोबरमा क्वारेन्टाईन संचालन एव निरीक्षण गर्ने जिम्मा दिईएको छ ।
आईतबारदेखि दैनिक दुई घण्टा बैक खोल्ने अनुमति दिने निर्णय समेत भएको छ । निर्णयसंगै कञ्चनपुरका बैक बिहान ११ बजेदेखि १ बजेसम्म संचालन हुनेछन् । लकडाउनको समयमा भारतबाट आएका नेपाली मजदुरलाई महाकाली र भीमदत्त नगरपालिकाले भरण पोषण गर्ने निर्णय गरिएको छ । स्थानीय तहले संचालन गरेका घुम्ती पसललाई थप व्यवस्थित बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुस