कञ्चनपुर चैत्र २० । कञ्चन डेभलपमेन्ट बैँक लिमिटेडले कोरोना भाईरसको रोकथामका लागि शुदूरपश्चिम प्रदेशमा कञ्चनडेभलपमेन्ट बैँकका शाखा रहेका नगरपालिकाहरुलाई ७ लाख सहयोग गरेको छ । बैँकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत स्थानिय सरकारले खडा गरेको कोरोना भाईरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि ७ लाख सहयोग गरेको हो।

कञ्चन डेभलपमेन्टबैँक लिमिटेड महेन्द्रनगरमा रहेको केन्द्रिय कार्यालयले बैंकका आफ्नो शाखा हरुबाट कोभिड–१९ नियन्त्रणका लागि स्थापना गरेको राहात कोषमा जम्मा हुने गरी संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत नगरपालिकाहरुलाई ७ लाख सहयोग गर्ने निर्णय गरिएको कञ्चन डेभलपमेन्ट बैँक लिमिटेडका कार्यकारी निर्देशक बिरु राम जैशीले जानकारी दिनुभयो ।

 

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी रकम दिएको बताए । लकडाउन समयमा पनि १० बजे देखि १ बजे सम्म बैंकले नगद काउन्टर, रेमिट्यान्स एटिएम सेवा,लगायत एलसी, ग्यारेन्टी सुविधाहरू समेत दिएको छ।

प्रतिक्रिया दिनुस