भाष्कर केसी, कञ्चनपुर, २१ चैत्र। कोरना भाईरस(कोडिभ१९) रोकथामका लागि कञ्चनपुरको नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए)ले स्थानीय तह, अस्पताल, सुरक्षाकर्मी र स्वाथ्यकर्मीलाई विभिन्न स्वास्थ्य समाग्री वितरण गरेको छ । कोरना रोकथाम र त्यसबाट बाँच्नका लागि पुर्व तयारी स्वरुप एनएनएसडब्लुएले कञ्चनपुरका ९ वटै स्थानीय तह, महाकाली अस्पताल, क्वारेन्टाईन, सुरक्षाकर्मी र स्वाथ्यकर्मीलाई स्वाथ्य समाग्री वितरण गरेको हो ।

एनएनएसडब्लुए०का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद्का बेला सामना गर्नका लागि स्वाथ्य समाग्री वितरण गरेको बताए । उनका अनुसार भीमदत्त, बेदकोट, बेलडाँडी, बेलौरी, लालझाडी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटामा समाग्री हस्तान्तरण गरिएका छन् ।
‘हामीले सबै पालिकामा समाग्री बुझाउँछौँ, ‘उनले भने, ‘महाकालीमा एकदुईदिनमा बुझाउँछौँ ।

’ मास्क, हेल्ड स्यानेटाईजर, साबुन, ग्लोब्स डिस्पोजल, ज्वरो नाप्ने डिजिटल मेसिन, पिपिई लगायतका समाग्री वितरण गरिएका छन् । एनएनएसडब्लुएले सबै पालिकामा वितरण गरेका उक्त समाग्रीलाई स्थानीय तहले आ–आफ्ना स्थानीय नागरिकलाई वितरण गर्नेछ ।

परिमाणमा तलमाथी भएपनि ज्वरो नाप्ने डिजिटल मेसिन बाहेक अन्य समाग्री सयौँको संख्यामा दिएको छ । एनएनएसडब्लुएले स्थानीय तह लगायतका सम्बन्धीत स्थानमै पुगेर उक्त समाग्री हस्तान्तरण गरेपछि स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी अस्पताल लगायतले ग्रहण गर्दै विपद्का बेला संस्थाबाट पाएको सहयोग सरानिय हुने बताएका छन् । एनएनएसडब्लुएले गरिब विपन्न, दलित, मक्त कमैया, हलियाबस्तीमा समेत मास्क लगायतका स्वाथ्य समाग्री दिने जनाएको छ ।

प्रतिक्रिया दिनुस