एजेन्सी चैत्र, २१। विश्वभर कोरोना भाईरस (कोभिट १९) महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको हो । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाखको हाराहारीमा पुगेको जनाएको छ ।

अहिलेसम्म संक्रमित हुनेहरुको संख्या ९ लाख ९९ हजार ६ सय ७१ पुगेको छ । बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ६ सय ७८, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, युरोपेली मुलुक बेल्जियमा १ सय ८३, नेदरल्यान्डमा १ सय ६६ जनाको मृत्यु भएको छ । यता, इरानमा १स सय २४ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् । बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुस