विकाससिह महता,
कञ्चनपुर, २१ चैत्र ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोडिभ(१९) को संक्रमणले मानव जातिमाथी चुनौती थपिरहेको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन आह्वान गरेको छ ।
लकडाउन लम्बिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडा नेतृत्वको कोरना भाईरस (कोडिभ १९)संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला समन्वय समितिले किसानलाई समाजिक दुरी कायम गर्दै गहुँ काट्न दिने र थ्रिसर चलाउन दिने निर्णयसंगै किसान गहुँ काट्न खेततिर पसेका छन् ।

गहुँ काट्न कोरनाबाट होसियारी अपनाउनका लागि कञ्चनपुरका दुई युवाले गहुँ काट्न खेतमा गएका किसानलाई मास्क, सेनेटाईजर र ह्याण्ड ग्लोब वितरण गरेका छन् । बेलडाँडी गाउँपालिका १ का आरक्षपीडित समेत रहेका मिन बहादुर शाह र पदम बहादुर महताले संयुक्त रुपमा शुक्रबार बिहान भीमदत्त नगरपालिका( ६ ऐठपुरका किसानलाई मास्क, सेनेटाईजर र ह्याण्ड ग्लोब वितरण गरेका हुन् । शाह र महता केही बर्ष अघि वैदेशिक रोजगारबाट फर्किएर कञ्चनपुरमा व्यवसाय गर्दै आएका छन् ।

शाह केही बर्ष अघि कोरिया बाट फर्किए महेन्द्रनगरमा प्रतिभा नामक ग्रिल उद्योग संचालन गर्दै आएका छन् । भने महता केही बर्ष अघि साउदी अरब बाट फर्किएर यातायात व्यवसायमा जुटेका छन् । दुवै जनाले समाजिक सेवा र गहुँ काट्दा किसानलाई थप सुरक्षीत बनाउनका लागि सानै भएपनि सहयोग गरेको बताए ।
मिन बहादुर शाहले भने ूसबैका लागि किसानले खाद्य उत्पादन गर्ने भएकाले उनीहरुको सुरक्षाका लागि अभियान स्वरुप स्वाथ्य समाग्री दिएको बताए ।अर्का युवा ू पदम बहादुर महताले गहुँ काट्दा धेरै मानिस एकै ठाँउमा आउने भएकाले उनीहरुको सुरक्षाका लागि युवाका तर्फबाट सहयोग गरेको बताए ।ू

महता र शाहले सचेततापुर्वक गहुँ काट्न समेत आग्रह गरेका छन् । गहुँ काट्न एक्कासी खेतमा पुगेका किसानलाई ति दुई युवकले स्वास्थ्य समाग्री दिएपछि किसान हर्षित भएका छन् ।देशभर दोस्रो चरणको लक डाउन चैत्र २५ गते सम्मका लागि रहने सरकारले निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुस