कञ्चनपुरर । एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहका कमिटि सदस्य नरेन्द्र भाटले घर–घरमा औषधी प¥याउदै आएका छन् ।भाटले औषधीको न्युनतम शुल्क मात्र लिए पनि विरामीको घर सम्म औषधी पु¥यादिएको भने कुनै शुल्क लिने गरेका छैनन् ।भाटले भने ‘मैले औषधीको न्युनतम शुल्क लिन्छु तर विरामीको घर सम्म पु¥याइदिएको शुल्क भने लिने गरेको छैन ।’

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागी सरकारले देश लकडाउनको घोषणा गरेपछि भाटले घरघरमा गएर औषधी दिन थाल्येका छन् ।लकडाउनका समयमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार तथा अत्यावश्यक काम बाहेक कसैले पनि घर बाहीर निस्कन नपाउने भएकोले भाटले घर–घरमा गएर माग गरीएको औषधी दिदै आएका एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहका अध्यक्ष डा. भोजराज पन्तले बताए ।

भाटले भने ‘महेन्द्रनगर बजार क्षेत्रका कसैलाई कुनै औषधी चाहिएमा मलाई फोन गर्ने गरेका र उहाँहरुको माग अनुसारको औषधी म निशुल्क घर सम्म पु¥याउने गरेको छु ।’ उनले थपे ‘बजार क्षेत्रमा कसैलाई पनि कुनै औषधी चाहिएमा मेरो ९८८६३१८८९९ यो मोबाइल नम्बरमा फोन गरी भन्न सक्ने छन् ।’

महेन्द्रनर बजार क्षेत्रका कसैले पनि फोन गरी आफुलाई चाहीएको औषधी घरमै अर्डर गर्न सक्ने भाटले बताए ।

एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुह तथा भाट निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् । भाट नेकपा विप्लव पार्टीका निकट अखिल(क्रान्तिकारी)का पुर्ब कञ्चनपुर जिल्ला अध्यक्ष तथा सेती महाकाली वियूरो सदस्य पनि हुन।

प्रतिक्रिया दिनुस