दिपकराज भट्ट , भागेश्वर डडेल्धुरा चैत्र २१ । विश्वभर माहामारिको रुप लिईरहेको कोरोना (कोभिट १९ )भाईरसले गर्दा अहिले सारा विश्व नै दुखमा परेको छ यस्तै नेपालमा पनि हाल सम्म छ जानामा कोरोनाका बिरामि पुगेका छन् ।

गाउँ टोल टोलमा अहिले कोरोनाकै बारेमा दिनहु कुराकानि भएको पाईन्छ पुरुहरुले बुझेर पनि अलि नबुझे जस्तो गरकापो हुनकि यात उनिहरुको घुम्ने बानिले हो उनिहरु आफु सुरक्षिनै छैनन् दिनहु उनिहरु कहि गएर समय बिताउने गर्छन् पसलमा चियापान होस या अरु साथिसितका कुरामा होस पुरुषहरु कोरोनाका बारेमा कुरा र सचेत भएको कमै पाए ।
महिलाहरु घरबाहिर भन्दा पनि आफ्नो घरको काम गर्ने बच्चाको स्याहार सुसार गर्ने र कोरोना माहामारिको कुरा एकअर्का लाई सेयर गर्ने गरेको पाईन्छ । समाजमा पुरुष भन्दा महिला बढि सचेत भएका छन् ।
कोरोनाका बारेमा सुदुर पहाडमा जोखिम बढि छ कसरी भने खुला सिमाना का कारणले छेमेकि मुलुक भारत मा रोजगारिका लागि गएका नेपालिहरु डडेलधुराको माहाकालि नदिका खुल्ला सिमान भएर दिनहु नेपाली आईरहेका छन जसले गर्दा कतै रोगको संक्रमण त बढने होईन भन्ने डर छ ।

यसरी गम्भीर अबस्थामा यदि हामी सचेत हुने हैनु भने हामी आफै गैर जिम्मेवार र मृत्यु को सिकार हुन पुग्दैनु भन्न नसकिएला । हामी सचेत हुनु जरुरि छ अब हरेक नागरिकले आफु सचेत रहने र अरुलाई पनि सचेत गराउनु जरुरि रहेको छ । पछिल्लो समयमा स्थानीय सरकारेले पनि विभिन्न संञ्चार माध्यम बाट जनहितमा जारि सन्देश , क्वारेन्टाइन का साथै आपतकालिकोषको समेत ब्यबस्थापन गरेको छ । यश कारणाल यदि हामी कुनै अन्य स्थान बाट या बिदेश बाट आएका छौ भने क्वारेन्टाइन मा बसेर आफु र समाजलाई कोरोना बाट बचाउनु सक्छौ कि । सभ्य नागरिक को परिचय दिनु पनि जरुरि छ ।घरमा भएकाले पनि घरमै सुरक्षित बसेर साबधानि अपनाउनु पर्ने जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुस