कञ्चनपुरका चैत्र, २१ । भारतबाट स्वदेश फर्किका भारतीय नागरिक सहितलाई भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालयमा राखिएको छ । उनीहरुलाई कञ्चनपुरका उद्यमी व्यवसायीले अण्डा र खाद्यान्न सहयोग गरेका छन् ।
बैजनाथ माध्यामिक विद्यालयमा राखेका मानिसका लागि भन्दै संचार उद्यमी तथा एसटिएम नेटवर्क प्रालिका संचालक दिनेश श्रेष्ठ र भट्ट कुखुरा पालन उद्योगका संचालक नरेश भट्टले खाद्यान्न सहयोग गरेका हुन् ।

भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्करराज भट्टकले दुवै उद्योगीले क्वारेन्टाईनमा राखिएका व्यक्तिका लागि खाद्यान्न सहयोग गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत पुष्करराज भट्टका अनुसार श्रेष्ठले विभिन्न खाद्य समाग्री र भट्टले अण्डा दिएको बताए । उनीहरु दुवैले शुक्रबार नगरपालिकालाई दिएको खाद्य समाग्री विद्यालयमा राखिएका व्यक्तिलाई दिईने छ । लकडाउनको समयमा सीमा क्षेत्रबाट उनीहरुलाई ल्याएर बैजनाथ विद्यालयमा राखेको हो ।

प्रतिक्रिया दिनुस