बिकाश सिंह महता, कञ्चनपुर चैत्र २२ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड – १९) सम्बन्धि कञ्चनपुरमा अपवाह फैलाउने एक जना युवक पक्राउ परेका छन् ।
महेन्द्रनगरस्थित ‘महाकाली पा्रदेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने बेल्डाडीका गाउँपालीका एक युवक गोपाल सुनार लाई शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
उनलाई कोरोना बारे सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
पक्राउ परेका सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर सामाजिक सञ्जालमा लेखेका थिए । उनी दुई साता अगाडि मात्रै भारतमा मजदुरी गरी घर फर्किएको खुलेको छ ।
लक डाउनको अवेज्ञा गरेको देखेर मानिसहरुलाई त्रसित बनाउने सामाजिक सञ्जालमा हल्ला फैलाएको उनले प्रहरी सामु बयान दिएका छन् ।
सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सृजना गर्न खोजेको भन्दै उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।