बिकाश सिंह महता ,कञ्चनपुर ,चैत्र २२ । विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस (कोभिड १९) को यो अवस्थामा देशव्यापी रुपमा लकडाउनको समयलाई मध्यनजर गर्दै शिवशक्ती टोल विकास संघसंस्था द्धारा दैनिक ज्यालादारी गर्ने विपन्न परिवार लाई खाद्यान्न सामग्री वितरण गरेको छ।

लक डाउनको समयमा नगरबासिहरु मा ज्यालादारी गरि घर गुजारा गर्ने श्रमजीवीहरु लाई छाक टार्नपनी समस्य पर्ने गरेको हुँदा टोल विकास समितिका सदस्यहरु लगायतको सहयोगमा चन्दा संकलन गरि उठाएको रकमबाट शुक्रबार भीमदत्त नगरपालिका वडा न.२ मा रहेका ज्यालादारी र दैनिक मजदुरी गर्ने ३८ परिवार लाई खाद्यान्न आपूर्ति व्यवस्थापनको रहबरमा शिवशक्ती टोल समितिका अध्यक्ष देब बोहरा लगायतको टिमले ५ किलो चामल , दाल ,आदा लिटल तेल र एक किलो नुन प्रत्यक परिवार लाई खाद्यान्न सहयोग गरिएको छ।

महामारी बाट रोकथाम र न्यूनीकरण गर्नका लागि गए आइतबार बसेको मन्त्रीपरिषद बैठकले देशभर दोस्रो चरणको थप ८ दिन लक डाउन गर्ने निर्णय गरेपछि चैत्र २५ गते सम्म लक डाउन रहेको हुदाँ यो समयमा सामाजिक दुरि कायम राख्न आवतजावत समेत बन्द गरेको हुँदा खाद्यान्न अभाव हुने गर्दा टोल विकास समिती र स्थानीयले चन्दा संकलन गरि आफ्नो वडामा ज्यालादारी गर्नेहरु को तथ्यांक संकलन गरि खाद्यान्न वितरण गर्ने काम समेत अघि सारेको हो।

प्रतिक्रिया दिनुस