कञ्चनपुर चैत्र ,२२ । शुक्लाफाँटा  नगरपालिका वडा नम्बर १ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकाहरुलाई राहत वितरण गर्न सुरु गरेको छ । शुक्लाफाँटा  नगरपालिका वडा नम्बर १को कार्यालयले अतिविपन्न, असाहय र ज्याला मजदुरी गरेर गुजरा चलाएका उपभोक्तालाई राहत वितरण सुरु गरेको वडाध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो ।

उनले शनिवार ११७ परिवारका गरी ५२४ जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने बताए ।वडा अध्यक्ष विष्टका अनुसार राहत लिनका लागि वडाले लगत संकलनकालागी १४ सदस्यि कोरोना रोग नियनत्रण तथा व्यवस्थापन राहत समिति गठन गरेर गरेको थियो । जसअनुसार वडा नम्बर १ भरी अति विपन्न जम्मा १२४ परिवारको संकलन गरेको बताउँदै विष्टले उनीहरुमध्ये ११७ परिवारका गरी ५२४ जनालाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिँदै जाने बताए ।

वडा कार्यालयका आन्तरीक विपद व्यवस्थापन कोषवाट उक्त राहत वितरण गरिएको हो । राहत सामग्रीमा चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।

जसअनुसार शुक्लाफाँटा  नगरपालिकाको वडा नम्बर १ राहतमा एकरुपता गर्ने गरी राहत वितरणको मापदण्ड नै बनाएर वितरण गरेको छ । वडा नमबर १ का वडा सदस्य उत्तरदेव भट्टका अनुसार ५ जनासम्मको परिवारलाई १५ किलो चामल,दाल १ किलो ,नुन १ किलो र तेल १ लिटर र ५ जना भन्दा माथीको परिवारलाई प्रति व्यक्ति ५ किलो चामल थप,दाल २ किलो , नुन २ किलो र तेल २ लिटरका दरले वितरण गरेको वताए । उनका वडाको आन्तरीक विपद व्यवस्थापन कोषवाट १ लाखको रकमवाट चामल १७ क्विन्टल चामल,दाल १२५ किलो, नुन १सय सय ५० किलो र तेल ७५ लिटर वितरण गरेको वताए ।

प्रतिक्रिया दिनुस