कृष्ण नेपाली
कञ्चनपुर, चैत्र,२२। कोरना भाईरस रोकथामका लागि कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका काठ व्यवसायीले नगरपालिकालाई आर्थिक सहयोग गरेको छन ।
बेदकोट नगरपालिकाले कोरना भाईरस रोकथामका लागि स्थापना गरेको राहत कोषमा एक लाख एक हजार रुपैया सहयोग गरेका हुन् । शनिबार जिल्ला वन पैदावार व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष कैलादेव सुुनारले बेदकोट नगरका मेयर अशोक कुमार चन्दलाई एक लाख एक हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।
बेदकोट नगरपालिका ५ का वडाध्यक्ष गणेश विक९कुसल०ले काठ व्यवसायीले कोरना बिरुद्धको जोखिम न्यूनिरणका लागि व्यवसायीले सहयोग गरेको बताए । वडाध्यक्ष कुसलका अनुसार बेदकोट नगरका निजी विद्यालय लगायतका व्यवसायीले ६ लाख १५ हजार बराबरको खाद्यान्न सहितको सहयोग गरेका छन् । सहयोगी मनकारी दाताहरुलाई बेदकोट नगरका प्रमुख चन्दले अभाव प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुस