विकाससिह महता
कञ्चनपुर, चैत्र ,२२ । कञ्चनपुरका उद्योगी तेज बहादुर चन्दले बेदकोट नगरपालिकालाई पिपिई र मास्क सहयोग गरेका छन् । सिद्धनाथ क्रसर उद्योगका संचालक समेत रहेका उद्योगी चन्दले शनिबार बेदकोट नगरपालिकालाई पिपिई र मास्क सहयोग गरेका हुन् ।
स्वास्थ्यकर्मीले उपचारका दौरानामा प्रवेस गर्र्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) १० थान र ३० थान आधुनिक मास्क एक कार्यक्रमका विच उद्योगी चन्दले बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दलाई हस्तानतरण गरेका छन् ।
उद्योगी तेज बहादुर चन्दले राष्ट्र नै संकट र विश्वकै मानव समुदाय संकटमा परेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताए । उनले बेदकोट नगरपालिकमा निर्माण भएको आईसोलेशन र क्वारेन्टाईनका काम गर्न सहजताका लागि पिपिई र मास्क सहयोग गरेको बताए । ‘संकटको घडीमा जसले आ–आफ्नो ठाँउबाट जे गर्न सकिन्छ त्यही सहयोग गर्ने हो, ‘उनले भने, ‘हामी नागरिकको पनि कर्तव्य यही नै हो ।’ बेदकोट नगरका प्रमुख अशोक चन्द सहित स्वास्थ्यकर्मी र जनप्रतिनिधीले उद्योगी चन्दप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुस