अंकिता भट्ट ,कञ्चनपुर, चैत्र,२३ ।कोरना भाईरस (कोडिभ–१९) रोकथाम तथा न्यूनिरणका लागि सरकारले लकडाउनको नीति अख्तियारी गरेको छ । दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउँदै आएका विपन्न समुदाय लकडाउनका कारण मारमा परेका छन् ।उनीहरुको समस्यालाई मध्य नजर गर्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का जनप्रतिनिधीले आफ्नो भत्ता बाफतको रकमले राहत वितरण गरेका छन् ।

आईतबार शुक्लाफाँटा नगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष जगत बहादुर सिह नेतृत्वमा ७ नम्बरका जनप्रतिनिधीले विपद् व्यवस्थापन अनुगमन तथा मुल्याङकन समितिको बैठक भत्ताबाट दुई सय परिवारलाई राहत वितरण गरेका छन् । वडाध्यक्ष जगत बहादुर सिहले विपद् र महामारीका बेला जनप्रतिनिधीको सेवा सुविधा ठुलो विषय नभएको भन्दै विपद्मा परेका नागरिकको उद्दार ठुलो विषय भएको बताउदै २ सय परिवारलाई राहत वितरण गरेका छन् ।
वडाध्यक्ष सिहका अनुसार प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ४ पिस साबुन र २ किलो नुन वितरण गरिएको छ । ‘यो राहत हाम्रो भत्ताबाट दिएका हौँ, ‘वडाध्यक्ष सिहले भने, ‘तीनै सरकारबाट आउने राहत पनि वितरण गछौँ ।’ समाजिक दुरी कायम गर्दै वडा कार्यालयबाटै राहत वितरण गरिएकोछ ।


विपद्को घडीमा जनप्रतिनिधी लगायत कर्मचारीका व्यक्तिगत सेवा सुविधा मुख्य विषय नभएको बताउदै वडाध्यक्ष सिहले थप राहतका लागि समेत पहल गर्ने बताए । वडाबाट राहत पाएपछि विपन्न दैनिक मजदुरी गरी गुजारा चलाउने नागरिक हर्षित भएका छन् । कोरना रोकथामका लागि शुक्लाफाँटा नगरपालिका ७ नम्बर वडाले लकडाउन प्रभावकारी बनाउन अनुगमन गर्दै, घरदैलो गरेर नागरिकलाई सेवा दिईरहेको छ । संयुक्त टोली मार्फत वडाले नागरिकको स्वाथ्य चेकअप गराईरहेको छ । शुक्लाफाँटा नगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष सिहले लकडाउन प्रभावकारी बनाउन र कोरना बिरुद्धको लडाई जित्नका लागि घरवाहिर नआउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस