अंकिता भट्ट कञ्चनपुर चैत्र २३ । कोरोना भाइरस (कोभिट १९) को त्रासले बिश्व महाबिपतीको अवस्था सृजना भएको हुदा यस्तो कठिन समयमा सरकारका तर्फबाट चालिएका कदमहरु हाम्रो देशको सन्दर्भमा अपुग भएका छन भन्दै देशभरी लक डाउन प्रभावकारी बनाउनुपर्ने भन्दै नेकपा (क्रान्तिकारी माओवादी शुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकले एक प्रेस विज्ञप्ती जारी गरी अपिल गरिएको छ ।

सरकारले निर्माण गरेका कतिपय क्वारिन्टिन मापदण्डअनुसार नएको र स्वास्थ्य परिक्षण र उपचारको प्रयाप्तता देखिदैन ,स्वास्थ्यकर्मीका लागि सुरक्षा सामाग्री उपलब्ध नभएको भन्दै सबै प्रदेशमा बिशेषज्ञ डाक्टरको टिम पठाउन अनुरोध गरिएको छ ।

बिदेशमा रहेका नेपालीको स्वास्थ्य सुरक्षामा पहल गर्न सकेको देखिदैन ,भारतीय सीमाक्षेत्रमा रोजगारी बाट घर फर्केर सीमामा अलपत्र परेका नेपालीहरुको तत्काल ब्यबस्थापर्नमा सरकारको ध्यान पुगेको छैन त्तकाल सिमामा हरेका सबै नेपालीको ब्यबस्थापन गर्न अनुरोध गरिएको छ ।

यस्तो कठिन समयमा समेत सरकारका तर्फबाट स्वास्थ्य सामाग्री खरिदका सन्दर्भमा अनियमितता का समाचारहरु दिनानुदिन आइरहेका छन सरकारको यस किसिमका गैह्रजिम्मेवारीपुर्ण कदम प्रति नेकपा (क्रान्तिकारी माओवादी)को गम्भीर ध्यानाकर्षण भएको छ सरकारका यस किसिमका गतिविधि प्रति खेद प्रकट गर्दछौं साथै अनिमितता गर्ने जोसुकै भएपनि कावार्हिको माग गरिएको छ ।यस्तो छ प्रेस बिज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी )
सुदुरपश्चिम प्रदेश समिति
बिषय प्रेस बिज्ञप्ति
कोरोना भाइरस को त्रासले बिश्व महाबिपतीको अवस्था सृजना भएको छ।यस्तो कठिन समयमा सरकारका तर्फबाट चालिएका कदमहरु हाम्रो देशको सन्दर्भमा अपुग नै रहेका छन । सरकारले निर्माण गरेका कतिपय क्वारिन्टिन मापदण्डअनुसार छैनन ,स्वास्थ्य परिक्षण र उपचारको प्रयाप्तता देखिदैन ,स्वास्थ्यकर्मीका लागि सुरक्षा सामाग्री उपलब्ध छैन ,सबै प्रदेशमा बिशेषज्ञ डाक्टरको टिम पठाउन सकेको छैन ,बिदेशमा रहेका नेपाली को स्वास्थ्य सुरक्षामा पहल गर्न सकेको देखिदैन ,भारतीय सीमापार रोजगारी बाट फर्के र सीमामा अलपत्र परेका छन ब्यबस्थापन मा सरकारको आफ्नो पहल वा भारतीय सरकार सित ब्यबस्थापन का लागि कुटनैतिक पहलएकदमै कमजोर रहेको छ बरु यस्तो कठिन समयमा समेत सरकारका तर्फबाट स्वास्थ्य सामाग्री खरिदका सन्दर्भमा अनियमितता का समाचारहरु दिनानुदिन आइरहेका छन सरकारको यस किसिमका गैह्रजिम्मेवारीपुर्ण कदम प्रति नेकपा ९क्रान्तिकारी माओवादी ० को गम्भीर ध्यानाकर्षण भएको छ सरकारका यस किसिमका गतिविधि प्रति खेद प्रकट गर्दछौं ।

यस्तो बिषम परिस्थितिमा सरकारका तर्फबाट इमानदारिता का साथ जनस्वास्थ्य सुरक्षाका कदमहरु चाल्न र सबै पक्षलाई एकताबद्ध पारी कोरोना भाइरस बिरुद्धको लडाइँ लड्न सरकार सित हार्दिक अपिल गर्दछौं ।नेपालको सन्दर्भमा सबैभन्दा बढी संक्रमित र जोखिम मानिएको सुदुरपश्चिम प्रदेशमा हालसम्म सरकारले बिशेषज्ञ डाक्टर को टिम पठाउन सकेको छैन अबिलम्ब यसको ब्यबस्था गर्न भारतीय सिमानाकामा अलपत्र परेका जनताको उचित ब्यबस्थापन वा भारत सित कुटनैतिक माध्यमबाट ब्यबस्थापन का लागि पहल गर्न ,बिदेशमा रहेका रहेका नेपालीको अवस्था बारे समयमा नै पहल गर्न समेत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

सरकारका तर्फबाट समयमा नै लगाइएको लकडाउन कतिपय पालिका मार्फत बिपन्न मजदुर परिवारलाई बितरण राहत लगायतका काम सकारात्मक रहेपनि यसलाई पनि सबै पालिका सम्म बिबाद रहित ढंगबाट ब्यबस्थापन गर्न मापदण्डअनुसार क्वारिन्टिन निर्माण र जनचेतनामूलक कामहरू गर्न र जनताका तर्फबाट समेत स्वास्थ्यकर्मी को सल्लाहअनुसार आआफ्नो सुरक्षामा ध्यान दिन सामाजिक दुरि कायम गर्न बिनाकुनै संकोच कोरोना भाइरस बिरुद्धको लडाइँमा एकताबद्ध भई लाग्न समेत सबैमा हार्दिक अपिल गर्दछौं । हाम्रो तर्फबाट जनताको सुरक्षामा गम्भीर रहेको ब्यहोरा समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौ ।
क्रान्तिकारी अभिबादन सहित

चिन्तक
सेक्रेटरी

प्रतिक्रिया दिनुस