दिपकराज भट्ट ,डडेल्धुरा चैत्र २३ ।
डडेल्धुरा जिल्लामा दुई नगरपालिका र पाच गाउपालिका रहेका छन् । विश्व माहामारिको रुपमा रहेको कोरोनाको नेपालमा पनि नौ जाना संक्रमित देखिएका छन । जसमध्ये चार जाना सुदुरपश्चिम का रहेका छन् । यस माहामारि लाई मध्यनजरमा राखेर डडेल्धुरा का सातै स्थानीय तहले हरेक वडामा क्वारेन्टाइनको ब्यबस्था गरेको छ ।

परशुराम नगरपालिकामा १९जाना क्वारेन्टाइन मा छन् , नबदुर्गा गाउँपालिकामा ५ जाना क्वारेन्टाइन मा रहेको जानकारि गाउपालिका अध्यक्ष कबिन्द्र बिष्ट ले जानकारि दिए । गन्यापधुरा गाउपालिका भत्काडाको क्वारेन्टाइन मा ७ जाना रहेका छन् गाउपालिका अध्यक्ष नबल मल्ल ले बताए ।

अमरगढि नगरपालिका सदरमुकामा रहेको क्वारेन्टाइन मा ३ जाना बसेका छन् अमरगढि नगरपालिकाका मेयर बिपिन ओझाले बताएका छन् । भागेश्वर गाउपालिकामा ७ जाना क्वारेन्टाइन मा रहेका छन्, ३ जाना लाई शनिवार क्वारेन्टाइनमा राखिएको छ र १ जानालाई क्वारेन्टाइनमा बस्ने समय पुगिसकेकोले उनलाई घरमा पठाई सकेको जानकारी गाउँपालिका अध्यक्ष कौशिला भट्टले जानकारि दिनुभयो । अजयमेरु गाउपालिकामा१ १ जाना गाउँपालिकाको क्वारेन्टाइनमा रखेका छौ र हामिले हरेक वडामा क्वारेन्टाइन को व्यबस्था गाउपािलका अध्यक्ष उमेश भट्ट ले जानकारि दिए ।
आलिताल गाउपालिकामा ३ जाना गाउपालिकाको क्वारेन्टाइन मा बसेका छन् । आलिताल गाउपालिका कयौ नागरिक सिमामा अलपत्र रहेका छन् उनिहरुलाई उद्वार गरिदिनु अनुरोध समेत गरेको आलिताल गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुङले बताए । जिल्लामा बाहिरबाट आएका २३९४ मध्ये ९४ जाना क्वारेन्टाइनमा रहेका छन । जिल्ला समुन्व्य समिति प्रमुख गणेश भट्ट ले जानकारि दिए । लकडाउन अगाडि नै आएका सबै होम क्वारेन्टाइनमा रहेकाछन् । हामिले बाहिर बाट आएका लाई क्वारेन्टाइन मा बस्नुका लागि अनुरोध गरेका छौ भागेश्वर गाउपालिकाका स्वास्थ शाखा प्रमुख मान बहादुर शाहुले बताए ।

प्रतिक्रिया दिनुस