विकास सिह महता ,कञ्चनपुर,चैत्र २३ ।कञ्चनपुरका पाँच जना युवाले बेदकोट नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन् । विश्वभरी कोरना भाईरस (कोडिभ १९) को महामारी चलिरहेका बेला बेदकोटले कोरना भाईरसबाट जोगिन नगरपालिकाले संचालन गरेको क्वारेन्टाईन र गरिब, विपन्न मजदुर दैनिक ज्यालादारी नागरिकलाई वितरण गर्नका लागि उनीहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका हुन् ।
आइतबार नेकपा क्षेत्र नम्त्रर २ का सचिव चन्द्रकान्त भट्ट सिके, नेकपा बेदकोट नगरका अध्यक्ष ललित परिवार, युवा संघ नेपालका नेता विवेक बोगटी, बिबिसा निर्माण सेवाका संचालक पल्लवराज भट्ट र नेकपा बेदकोट नगर सदस्य अशोक राज भट्टले संयुक्त रुपमा खाद्यान्न दिएका हुन् ।
आईतबार पाँचै जना युवाले बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दलाई १० क्विटल चामल हस्तान्तरण गरेका छन् । महाकारी र संकटको घडीमा युवाहरुका लागितर्फबाट सक्दो सहयोग भन्दै उनीहरुले बेदकोट नगरपालिकालाई भारी परिमाणमा खाद्यान्न दिएका हुन् । भट्ट पुर्व विद्यार्थी नेता समेत हुन ।
उनले यस अघि राजमार्ग र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चाउचाउ पानी समेत वितरण गरेका थिए । भट्ट, परियार सत्तारुढ नेकपा कञ्चनपुरका नेता हुन् । भने बोगटी सत्ताधारी नेकपा निकट युवाका नेता हुन् । भने अर्का पल्लव समाजसेवी निर्माण व्यवसायी र अशोक बेदकोट नगरका नेताहरु हुन् ।
उनीहरुले सयुक्त रुपमा भारी परिमाणमा नगरपालिकालाई खाद्यान्न सहयोग गरेपछि गरिब, विपन्न एव क्वारेन्टाईनमा बसेकाहरुलाई ठुलो राहत पुग्ने छ । पाँचै जनाले महाकारीको संकट मोचनका लागि आफ्ना तर्फबाट राहत सहयोग गरेको बताएका छन् । नेकपा क्षेत्र नम्बर २का सचिव चन्द्रकान्त भट्ट९सिके०ले महामारीका बेला नागरिकलाई राहत दिन सहजहोस भन्ने उदेश्यका साथ नगरपालिकालाई राहत दिएको बताए । उनका अनुसार कोरना बिरुद्ध गरिएको लकडाउनमा बेला गरिब, विपन्न एव मजदुरका लागि छाक टार्नका लागि खाद्यान्न सहयोग गरिएको छ । ‘यो बेला कुनैपनि सरकारको मुख ताक्ने समय होईन, ‘उनले भने, ‘जसले जहाँबाट जे जे गर्न सकिन्छ, त्यही सहयोग गर्ने हो ।’

प्रतिक्रिया दिनुस