कञ्चनपुर २३ चैत । कारोना भाईरसको संक्रमण विश्वभर महामारीका रुपमा फैलिदोँ छ । त्यसको संक्रमण रोक्नका लागि सरकारले देशभर चैत ११ गतेदेखि लकडाउन घोषणागरेको छ । तर कडाउन घोषणागरेको समयमा दार्चुलाको लेकम गाँउपालिका–६ का वडाध्यक्ष कमलापती मिश्रले भने कार्यालयमै भोजभतेर र मदिरा सेवन गरेको आरोप लागेको छ ।

स्थानीयका अनुुसार आईतबार राति वडाध्यक्ष मिश्रले वडा कार्यालयमै पाटी गरेका हुन् । स्थानीय दिपेन्द्र साउदका अनुसार वडाध्यक्ष मिश्रले शैल्यशिखरबाट आएको आफ्न्तसँग पाटी गरेका हुन् ।उनले कार्यालयमै खसी काटेर दारु समेत पिएर जथाभावि समेत गरेको स्थानीयको भनाई छ । साथै उनिहरुले रक्सी मादक पदार्थ सेवन गरेर स्थानीयलाई दुव्र्यहार समेत गरेको स्थानीयको आरोप छ ।

स्थानीयलाई दुव्र्यहार गरेपछि वडाध्यक्षलाई कार्यालयमै थुनेको स्थानीय साउदले बताए । वडाध्यक्ष जस्तो मान्छेले यस्तो महामारीको समयमा कार्यालयमै पाटी गर्नु दुखद हो । स्थानीय साउदले भने वडा कार्यालयमै पाटी गरेपछि स्थानीय आक्रोसित भएका छन् ।

साथै वडा कार्यालय नजिकै लकडाउनको समयमा रक्सी पसल खुला गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले रक्सी बरामद गरेको छ ।डाध्यक्ष मिश्रले भने आफुले कुनै गल्ती नगरेको दावि गरेका छन् । उनले आईतबार राति आफु कार्यालयमै रहेको स्वीकार गरेपनि कुनै पाटी आयोजना नभएको बताए ।साथै उनले केही स्थानीयले आफु विरुद्ध दुसप्रचार गरेको आरोप समेत लगाएका छन । सुदूरपश्चिम खवर बाट

प्रतिक्रिया दिनुस