कञ्चनपुर, चैत्र २३ ।भारतमा कोरना (कोभिट १९ )को संक्रमित बढेसंगै नेपालमा पनि संक्रमित प्रवेस गर्न लागेकाले कोरनाको रोकथाम तथा न्यूनिकरण गर्दै लकडाउन प्रभावकारी बनाउनका लागि सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको पुरै सीमा क्षेत्रमा जन जनशक्ति परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक बिरसिह शाहुले सीमा क्षेत्रमा उच्च सुरक्षासर्तकता अपनाएको बताए ।
उनका अनुसार लकडाउन प्रभावकारी बनाउका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट मानिस त के एक निर्जिव प्राणी समेत प्रवेस गर्न नदिने बताए । ‘हामीलाई सरकारले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गछौँ, ‘उनले भने, ‘यसका कुनै संका छैन, अब कोही पनि नेपाल छिर्न पाउँदैन् ।’ लकडाउनको पालना गर्दै जो जहाँ भएपनि सुरक्षित बसेर आफु, परिवार र देशको सुरक्षा गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस