कञ्चनपुर, चैत्र २३ । लकडाउनको समयमा १४ चैत्र भारतबाट नेपाल प्रवेस गरेका कञ्चनपुरको बेदकोट नगरपालिका १० का ४१ बर्षिया युवकलाई कोरना भएको पृष्टीभएपछि उनलाई पक्राउ गरेर क्वारेन्टाईन पु¥याउने सशस्त्र प्रहरी सहित १७ जनाको स्वाब लिईएको छ ।

संक्रमित युवक सहित ११ जनालाई ब्रम्हदेबबाट पक्राउ गरेर बेदकोट नगरपालिका ९ सुन्दरपुरको क्वारेन्टाईनमा लैजाने सशस्त्र प्रहरीका १३ जना र वेङगका चालक, सह चालक र मालिक गरि १७ जनाको स्वाब लिएको कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बीर सिह शाहुले बताए । ‘लकडाउन तोडेर नेपाल प्रवेस गरेका व्यक्तिलाई पक्राउ गरेर सिधै क्वारेन्टाईनमा लग्ने हाम्रा १३जना सशस्त्र प्रहरी जवान र तिनीहरुलाई बोक्ने सवारी साधनका तीनजनाको स्वाब लिईएको छ ।’ आईतबार महाकाली अस्पतालबाट १७ जनाको स्वाब लिएको हो ।

प्रतिक्रिया दिनुस