दिपकराज भट्ट , डडेल्धुरा चैत्र २३ सुदूरपश्चिममा कोरोना भाइरस(कोभिड–१९) ३ जनामा पोजेटिभ देखिएको पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतकर्ता अपनाउन थालिएको बेला डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका क्वारेन्टाइन मा आईतबार सम्म ५८ जना बसेका छन हाल सम्म नगरपालिकामा छ सय जना भारतबाट आएका छन ।

नगरपालिकाले शनिवार एक सुचना निकालेर एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाएको छ। आइतबार एक अपिल जारी गर्दै नगरप्रमुख भीमबहादुर साउदले एक गाउँबाट अर्को गाउँमा जान रोक लगाएको जानकारी गराएका हुन्।नगरपालिकाका हरेक गाउँ शिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गरिने नगरप्रमुख साउदले जानकारी दिए।

नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि नगरपालिका भित्रका एक वडाबाट अर्को वडा तथा एक गाँउबाट अर्को गाउँमा जान रोक लगाएको हो।‘नेपाल सरकारले देशभर लकडाउन गरेको समयमा यस परशुराम नगरपालिका र वडा कार्यालयहरूबाट थप बनाउन लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को वस्ती र एक घरबाट अर्को घरमा समेत आवतजावत गर्न पूर्ण निषेध गरेका छौं।’ नगरप्रमुख साउदकही कतै नियमको उल्लघंन गरेको पाइएको कडाभन्दा कडा कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुस