महेन्द्रनगर चैत्र २३। कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्व विद्यालय केन्द्रिय क्याम्पस व्यवस्थापन संकायका निवर्तमान विभागीय प्रमुख एंवम् उप–प्राध्यापक प्रेम बहादुर खातीले डेरा गसुदूरपश्चिमाञ्चल विश्व विद्यालय व्रिद्यार्थी खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
विश्व महामारीको रुपमा फैलीरहको कोरोना भाइरस रोकथामका लागी गरीएको लकडाउनले गर्दा समस्यामा परेका महेन्द्रनगरमा घरभाडा गरी बसेर सुप विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

उप–प्राध्यापक खातीले भने ‘लकडाउनले गर्दा डेरा गरी बस्ने विद्यार्थीहरु मारमा परेकोले मैले सक्दो सहयोग गरेको हो ।’ त्यस्तै उनले विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु समस्यामा भए आफुलाई खबर गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुस