बझाङ ,चैत्र ,२४। नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीले बझाङका विपन्न परिवारहरुलाई खाध्यान्न सामाग्री सहयोग गरेको छ ।जिल्लाको थलारा गाँउपालिकाका गरिब बिपन्न परिवारहरुलाई विप्लव नेतृत्वको नेकपाले खाद्यान्न समाग्री दाल चामल वितरण गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले सरकारले घोषणा गरेको लकडाउनले गरिव विपन्न समुदायको घरमा खाद्यान्नको अभाव भई गरिवको घरमा चुलोमा आगो नवलेको र गाउँपालिकाले वडावासीहरुको पिरमर्का नबुझेको भन्दै थलारा गाउँपालीकाका वडानम्बर १ र २ का गरि जम्मा ७० परिवारलार्ई खाद्यान्न वितरण गरेको जिल्ला सविच हरिलालले कान्तिपथ डटकमलाई बताए ।उनले भने नेपाली जनता एक जुट भएर लाग्नुपर्ने बेला आएकाले गरिव विपन्न दलीत समुदायलाई सहयोगका लागि आग्रह गरे ।कान्तिपथ बाट

प्रतिक्रिया दिनुस