कञ्चनपुर, चैत्र २४ ।विश्वभरी कोरना भाईरस ९कोडिभ १९०को संक्रमणबाट मानिसलाई कसरी सुरक्षित बाँच्ने चिन्ता बढिरहेको छ । दक्षिण एसियाका नेपाल भारत दुवै देशले कोरनाको संक्रमण फैलिन नदिन लकडाउन गरेको छ ।लकडाउनको समयमा कुनैपनि व्यक्तिले घरबाट बाहिर ननिस्किनु हो ।

तर, कञ्चनपुरका लकडाउनको मौकाछोपी काठ तस्करको नजर वन र वन्यजन्तुमा गएको देखिन्छ । लकडाउनको मौका छोपी सुरक्षा निकाय व्यस्थ रहेको अनुमान लगाएर काठ तस्करले धमाधम रुख काट्ने र ओसार्ने काममा सकृय भएका छन् । कञ्चनपुरमा ९ चैत्रदेखि नै लकडाउन थियो ।
यही मौकामा तस्करको नजर काठमा परेको देखिन्छ । लकडाउनको दास्रोदिनदेखि कञ्चनपुरमा कतै रुख काट्ने कतै काटेर तस्करी गर्ने र लुकाउने काम भईरहेको पछिल्ला घटनाक्रमले देखिएका छ । तर, सुरक्षा निकायले काठ काटिरहेकै अवस्थादेखि ओसार्दा र लुकाईरहेको अवस्थामा समेत काठ नियन्त्रणमा लिएका छन् ।
१० चैत्रमा पुर्नवास नगरका सुरेश तामाङ्ग र विजय तामाङ्गले से ६ प ६३५८ नम्बरको मोटरसाईकल मार्फत लालझाडी वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा पक्राउ परे । मोटरसाईकल सहित दुवै जनालाई इलाका वन कार्यालय लालझाडीको टिमले पक्राउ गरेको हो । मोटरसाईकलमा काठ तस्करी गरिरहेको तेस्रो दिन १३ चैत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्र बेदकोट नगरपालिका १० चम्फापुर क्षेत्रबाट निकुञ्ज प्रशासन सहित नेपाली सेनाको टोलीले चार जनालाई रुख काटिरहेकै अवस्थामा पक्राउ ग¥यो ।

पक्राउ पर्नेमा काँग्रेस बेदकोट नगरका सचिव एव नेपाल तरुण दल क्षेत्र २ का सिके भनिने सभापति चन्द्रकान्त भट्ट, हर्क नेपाली, करन पन्त र बहादुर डगौरा पक्राउ परे । सालको रुख ढालेर गोलिया बनाईरहेको अवस्थामा उनीहरुको साथबाट आरा सहित बरामद गरिएको थियो ।
काँग्रेस बेदकोटका नगर सचिव चन्द्रकान्त भट्ट सहितको टोली पक्राउ परेको पाँच दिनपछि १८ चैत्र शुक्लाफाँटा नगरपालिका ८ भम्केधारा क्षेत्रबाट बयलगाडामा चार थान सालका गोलिया तस्करी गरिरहेको अवस्थामा स्थानीय तेज बहादुर ऐर पक्राउ परे । उनलाई शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरा नेतृत्वको अपराध नियन्त्रण विषेश कार्यदलले नियन्त्रमा लियो । थप कार्बाहीका लागि प्रकृया अघि बढाईएको छ ।
बयलगाडा सहित ऐर पक्राउ परेको तीनदिन पछि २१ चैत्रमा जनजागरण सामुदायिक वन पुर्नवासबाट चोरी गरि ल्याएका चार थानका सालका गोली स्थानीय लाल बहादुर थापाको घरमा बरामद ग¥यो । सामुदायिक वनका पदाधिकारी र वनका कर्मचारीको संयुक्त टोलीले वनबाट काटेर ल्याएका चार थान सालका गोली थापाको घरबाट बरामद गरेर इलाका वन कार्यालय त्रिभुवनबस्तीमा ल्याएको छ । थापा फरार भएकाले उनको खोजिकार्य जारी राखेको छ ।
पुनर्वासका थापाको घरबाट चार थान सालका गोलीया बरामद गरेको भोलीपल्टै शुक्लाफाँटा नगरपालिका १२ जनजागरण सामुदायिक वनबाट २२ चैत्रमा पाँच थान सालका गोलिया तस्करी गरेर घरमा लुकाएको अवस्थामा वन र सामुदायिक वनका पदाधिकारीले नियन्त्रणमा लिए । जयललाल ढुङ्गाल र तेज भण्डारीको घरबाट उक्त बरामद गरेर इलाका वन कार्यालय बन्साहमा ल्याईएको छ । यसरी लकडाउनको मौकाछोपी तस्करीले कञ्चनपुरका ठाँउ ठाउँबाट वन तथा वन्यजन्तु तस्करी गरिरहेका छन् ।
यस्तै लकडाउनकै अवधिमा वन कार्यालयबाट खटिएको टोलीले बेलौरी नगरपालिका ५ को अमरस्मृति सामुदायिक वन क्षेत्रबाट बदेल मारेको आरोपमा पदवारी रानालाई पक्राउ गरेको थियो । यस्तै लकडाउनको अवधिमा गैर कानुनी रुपमा शुक्लाफाँटा निकुञ्ज प्रवेस गरेर माछा मार्ने, घाँस काट्ने, दाउरा ल्याउने, रुख काट्ने लगायतका १ सय १३ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनलाई बुझाएको छ । तर, केही तस्कर नियन्त्रणमा आएका छन् । भने केही अझै फरार भएका छन् । नियन्त्रणमा रहेका काठ तस्कर समेत कोरनाका कारण सम्बन्धीत वडाध्यक्षको रहोबरमा बुझाईएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले कोरनाको मौकाछोपी वन र वन्यजन्तुमाथी तस्करले गिद्दे नजर लगाएको विषय विश्लेषण गरेर वनले समेत त्यही अनुरुप सुरक्षा रणनीतिक अबलम्बन गरेको बताए । ‘हामीले सबै वन कार्यालय सामुदायिक वनसंग नजिकको सुरक्षा निकायसंग समन्वय गरेर वन क्षेत्रमा गस्ती बढाउन र निगरानी बढाउन निर्देशन जारी गरेका छौँ, ‘सुचना अधिकारी अवस्थीले भने, ‘त्यही अनुरुप खटिएकै कारण आज केही तस्कर रंगेहात नियन्त्रणमा केही तस्करले लगेको काठ बरामद गर्न सफल भएका छौँ ।’ डिभिजन वन कार्यालयले काठ र वन्यजन्तु तस्कर गर्ने जुनसुकै गिहोरलाई समेत कानुनी दायरमा ल्याएरै छाड्ने बताए । कोरनाका कारण नियन्त्रणमा आएका काड र वन्यजन्तु तस्करलाई लकडाउन खुलेको भोलिपल्टै सम्पर्कमा आउँने सर्तमा वडाध्यक्षको रहोबरामा छाडिएको उनले बताए ।
केही दिन अघि लकडाउनको मौकाछोपी काठ र वन्यजन्तु तस्करी हुने भन्दै सामुदायिक वन उपभोक्त महासंघ बेदकोट नगरका अध्यक्ष राजुराम सार्कीले प्रेस विज्ञप्ती जारी गरेर सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीलाई सचेत गराएका थिए । पृथ्वीका मानव जातिको नरसंहार गर्ने महामारी कोरना भाईरसको मौकाछोपी प्रकृतिमाथी धावा बोल्दै प्रकृतिको नास गर्ने जो जुनसुकै व्यक्ति समुह मानव बिरोधी तत्व भएकाले उनीहरुलाई हदैसम्मको कार्बाहीको संरक्षणकर्मीले माग अघि सारेका छन् ।

लालझाडी मोहना संरक्षण वन परिषद्का सचिव अर्जुन साउदले राष्ट्र नै विपद्मा परेका बेला काठ तस्कर, वन दोहन गर्नेमाथी वन ऐन अनुरुप हदैसम्मको कार्बाहीको माग अघि सारेका छन् । सचिव साउदले लकडाउनमा बेला वनका कर्मचारी, पदाधिकारी, बन हेरालुलाई उच्च स्तरको स्वाथ्य व्यवस्था प्रबन्ध गरेर नियमित अनुगमन आवश्यक रहेको बताए ।

‘जो जो व्यक्ति पार्टीका जिम्मेबार छन, उनीहरु अहिले रुख काटनी तस्करीमा पक्राउ परेको सुन्नमा आएको छ, ‘यस्तो संकटको घडीमा प्रकृति दोहन गर्नेहरुलाई पार्टी र सरकार दुवैले कार्बाही गर्नुपर्छ ।’ वन र वन्यजस्तु तस्करीमा संलग्न जनताका दुस्मन मात्र नभई विश्व मानव समुदायका बिरोधी तत्व भएकाले उनीहरुमाथी हदैसम्मको कार्बाही नभए उपभोक्ताहरुले सचेत चेतावनी दिएका छन् ।

काठ तस्करी गर्नेप्रति कञ्चनपुरका आम नागरिकले समेत कार्य घृणित मात्र नभई मानवता बिरोधी कार्य भएको टिप्पणी गरेका छन् । प्रकृति नासकै कारण आज विश्वले कोरना भाईरस लगाउयतका विपद्को सामना गर्नुपरेको चित्रण गर्दै अझैपनि प्रकृति नासगर्ने जुनसुकै व्यक्ति समुह भएपनि घटनाको यथार्थ छानबिन गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुस