कैलाली, चैत्र २६ ।विश्वभरी कोरोना भाइरसको त्रासले आक्रान्त बनेको वेला लक डाउनको समयमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाही हतियार तस्करी गर्दा सशस्त्र प्रहरीको फन्दामा परेका छन ।मंगलवार साझ कैलाली कञ्चनपुरको सिमा क्षेत्र गुलरिया बाट गोदावरी नगरपालिका १० का वडा अध्यक्ष रविन्द्र शाही भनिने गुड्डु शाही चढेको गाडीबाट कञ्चनपुरको सशस्त्र प्रहरीको टोलीले गाडी सहित हतियार नियन्त्रणमा लिएको हो ।

गुलरिया क्षेत्रमा लकडाउन प्रभावकारी बनाउनका लागि गुलरिया क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय नं। डिएल ३ सिसि आर ३९९७ नं।को गाडी देखिए पछि सशस्त्र प्रहरीको टोलीले लकडाउनमा भारतीय नं।को गाडी कसरी आयो भनेर रोकेर सोधपुछ गर्दा चालक कांग्रेसी वडाध्यक्ष शाही फरार भएपछि उक्त गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल ३५ नं। गण झलारी कञ्चनपुरका गणपति विर सिह शाहुले लकडाउनको बेला चलाएको गाडी चेकजाच गर्ने क्रममा चालक भागेपछि संकास्पद रुपमा खानतलासी गर्दा उक्त गाडी भित्र २ थान बन्दुक २१० गोली फेला परेको बताए । सशस्त्र प्रहरी शाहुका अनुसार गाडी भित्र ८२ हजार नगद ६ बैंकका एटियम कार्ड नेपाली कांग्रेस लेखिएको परिचय पत्र सहितका कागजात बरामद गरिएको बताए ।

घटनाको प्रकृति हेर्दा सशस्त्र प्रहरी बलले वडाध्यक्ष चढेको गाडीमा भारी मात्रामा हतियार तस्करी गरिरहेको अनुमान गरिएको छ ।
लकडाउनको मौका छोपी जिम्मेवार पदमा बसेका प्रतिपक्ष कांग्रेसका नेता हतियार तस्करी गर्दा सशस्त्रको पञ्जामा परेपछि घटना बाहिरीएको हो । सिमा सुरक्षाको जिम्मा पाएको लकडाउनको अवस्थामा भारतबाट कोरोना संक्रमित पैचान गर्दै कञ्चनपुरमा कोरोनाको चयन तोड्न सफल सशस्त्र प्रहरीबलले यसरी अवैध हतियार बोकी रहेको अवस्थामा बरामद गरेपछि सशस्त्र प्रहरीको प्रशंसा भएको छ ।

लकडाउनको अवस्थामा मौका छोपी कञ्चनपुरमा कांग्रेसी नेता पक्राउ पर्नु केहिदिन पछि कैलालीका वडाध्यक्ष समेत रहेका शाही हतियार तस्करी गरिरहेको अवस्थामा पक्राउ परेको अवस्थामा प्रमुख प्रतिपक्ष दलका केहि नेता कार्यकर्ता अवैध गतिविधिमा संलग्न भएको देखिन्छ ।केहि महिना पहिले धनगढीको ठुलो जुवा खालबाट पक्राउ परेर धरौटीमा रिहा भएका कांग्रेसी वडाध्यक्ष केहि महिनामै हतियार तस्करीको घटनामा संलग्न भएको प्रहरीले जनाएको छ ।
फरार भएका वडाध्यक्षको खोजी कार्य भइरहेको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषी उप्पर कारवाहीको स्थानीयले माग गरेका छन् । उक्त हतियार समयमै वरामद हुदा संम्भावित दुर्घटना टरेको स्थानियको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुस