विकास सिह महता ,कञ्चनपुर, चैत्र २६ । कोरना भाईरस(कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थापना गरेको राहत कोषमा जिन्सी तथा नगद सहयोगी हात बढ्दै गएका छन् । जिल्लाकै जेठो नगरपालिका समेत रहेको भीमदत्त नगरले कोरना भाईरस रोकथाम तथा न्यूनिकरण भविष्यमा आईपर्ने सम्भावित दुर्घटना न्यूनिरणका लागि राष्ट्रिय वाणिज्य बैक शाखा महेन्द्रनगरमा विपद् व्यवस्थापन कोषको खाता खुलेको थियो ।

भीमदत्र नगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोगी हात बढ्दै गएका छन् । भीमदत्त नगरपालिकाको तथ्याङ्ग अनुसार सातामै दर्जनौँ व्यक्ति संघ संस्थाबाट राहत कोषमा रकम जम्मा भएको छ ।
तत्तकालिन महेन्द्रनगर अर्थात भीमदत्त नगरका पुर्व मेयर धर्मराज जोशी उनका भाई गणेश दत्त जोशीले ४० हजार, उग्रतारा कम्प्युरटर महेन्द्रनगरका संचालक पुष्कर पनेरुद्धारा ११हजार, लिटिल बुद्ध एकेडेमीबाट एक लाख रुपैया विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । यस्तै भीमदत्त नगरपालिका क्षेत्रका सहकारीले समेत विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेका छन् ।

उदयदेव बहुउदेशीय सहकारी संस्था ४० हजार, मेघा बचत तथा ऋण सहकारी संस्था , निंलाशैनी बहुउद्देश्यीय सहकारी संस्था, सुर्यादय बहुउद्देश्यीय सहकारी संस्था लि, जनज्योती बचत तथा ऋण सहकारी संस्था, सहयात्री बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो उपभोक्ता बचत तथा ऋण सहकारी संस्था युवा बचत तथा ऋण सहकारी संस्था, सृजनात्मक बचत तथा ऋण सहकारी संस्थाले ११ हजारका दरले सहयोग गरेका हुन् । यस्तै भीमदत्त नगरका न्याय समिति सदस्य एव भीमदत्त नगरपालिका १९का सदस्य सन्तोषी साउद ऐरले सात सय मास्क, कञ्चन विकास बैकबाट एक लाख बराबरको खाद्यान्न सहयोग, प्राध्यापक संघ सुदूरपश्चिमाचल विश्वविद्यालय केन्द्रीय क्याम्पस ईकाई समितिबाट चामल १५ कठ्ठा, दाल १ कठ्ठा, तेल ३ पेटी, हर्ष बहादुर चन्द उपप्राध्यापक सु।प।विबाट चामल ५ कठ्ठा, दाल २००० बराबरको, तेल १ पेटी, सार्क स्कुल महेन्द्रनगरबाट चामल ६२५ किलो, साबुन १०० थान, दाल १०० किलोर भट्ट कुखुरा पालन उद्योगबाट २१३० अण्डा सहयोग भएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सहयागी हातहरुप्रति आभार प्रकट गर्दै महामारीमा सहयोग साथ सर्मथनबाट भीमदत्त नगर सहजै ढङगबाट कोरना बिरुद्ध सामना गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुस