कञ्चापुर चैत्र २६ ।कोरना भाईरस(कोडिभ–१९ रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्लाफाँटा नगरपालिका १० झलारी निवासी डम्बर ठकुल्लाले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । बुधबार आफ्ना वुवा महा सिंह ठकुल्लाको ६८ औं जन्म जयन्तिको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ बरावरको चेक नगरप्रमुख दिल बहादुर ऐर लाई हस्तान्तरण गरेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारी बजारमा सञ्चालित होटेल हाईवेका सञ्चालक समेत रहेका ठकुल्लाले आफूलाई सदा असल कार्य गर्न प्रेरणा दिईरहुनुहुने आफ्ना वुवाको सम्झनामा आफूले उक्त रकम सहयोग गरेको बताए । यसैगरि उनले संकटको घडीमा शुक्लाफाँटा नगरपालिकाले सहयोगको सहि सदुपयोग गर्नेमा आफू विस्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुस