विकास सिह महता,
कञ्चनपुर ,चैत्र २६ । मेगा बचत तथा ऋण सहकारी संस्था महेन्द्रनगरले कञ्चनपुरका स्थानीय तहलाई दुई लाख ५१ हजार बराबरको नगद, भौतिक खाद्यान्न सहयोग गरिरहेको छ । विश्वभरी संक्रमणको रुपमा फैलिएको कोरना भाईरस(कोडिभ १९)बाट जोगिनका लागि सहकारीले जिल्लाभरी उक्त रकम बारबारको सहयोग गरिरहेको छ ।

बुधबार भीमदत्त नगरपालिकालाई ११लाख सहयोग गरेर राहत वितरण शुरु गरेको हो । मेगा बचत तथा ऋण सहकारीका कार्यकारी प्रमुख शुनिल सेटीले हस्ताक्षर गरेको विज्ञप्तीमा लकडाउनको समयमा संकट परेका समुदायको खाद्यान्न्नका लागि उक्त सहयोग दिईने जनाईएको छ । मेगा बचत तथा ऋण सहकारी संस्था शेयर सदस्य पारसमणी जोशीले सहकारीले सबै स्थानीय तह, अनाथ एव विपन्न समुदायका लागि सहयोग गरिने बताए ।

प्रतिक्रिया दिनुस