कञ्चनपुर,चैत्र,२६ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाका कुखुरा पालक कृषक व्यवसायी बिक्रम नाथ लगायतका कृषक हरुले कुखुरालाई खाल्डोमा पुरेर नष्ट गरेका छन ।  कोरोना भाइरस (कोभिड–१९ को सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले  देश लक डाउन गरेको हुँदा उद्योग, कलकारखाना, यातायात, बजार लगायत क्षेत्र ठप्प भए पछि दाना नपाउँदा कुखुरालाई नष्ट गर्नुपर्ने अवस्था आएको हो   ।
कञ्चनपुरमा उत्पादन हुने कुखुरा सुदूरपश्चिमको पहाडी जिल्लाका साथै सुर्खेत, नेपालगञ्जसम्म जाने गरेको थियो। तर अहिले भने लकडाउनले गर्दा दानाको अभाव तथा बजार नखुल्दा कुखुरा खाल्डोमा गाड्नु पर्ने अवस्था सृजना भएको बिक्रम नाथ ले बताउनुभयो । ।

‘विभिन्न ठाउँबाट कुखुराको माग भएको छ, तर ढुवानीका लागि सहज छैन। प्रशासनले सहजिकरण गरिदिए हामी राति पनि पठाउने थियौँ’ अध्यक्ष नाथले भने, ‘खाल्डोमा गाँड्नु पर्ने अवस्था आएको छ,सरकारले केही त विकल्प निकाल्नु पर्छ।’

कञ्चनपुरमा चार सय २८ फर्म रहेका छन् भने कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिका–९ मा रहेका छन्। जहाँ एउटै वडामा ७८ कुखुरा फर्म छन्।कञ्चनपुरमा पनि मासुका लागि तयार चार लाख कुखुरा बिक्री हुन नपाउँदा कुखुरा पालक किसानले करिब २२ लाख नोक्सानी व्यहोर्नु परेको कुखुरा तथा अण्डा उत्पादक संघ कञ्चनपुरका अध्यक्ष नाथले बताए।


कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै अहिले नै मासु पसल खोल्न सकिने अवस्था नरहेको हुदा मुचुल्का राखेर कुखुरा गाड्नुहुन अनुरोध गरेका छन ।कुखुरा खाल्डोमा गाडिरहेकोका किसानहरुलाई स्थानीय तहको समन्वयमा मुचुल्का राखेर सो कार्य गर्न प्रमुख जिल्ला अधिकारी खतिवडाले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुस