बिकाश सिंह महता, कञ्चनपुर ,चैत्र, २७ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा केन्द्रिय कार्यालय रहेको एक सहकारी संस्थाद्धारा कञ्चनुरका पाँच नगरपालिकालाई ४० हजारका दरले नगद रकको चेक हस्तान्तरण गरिएको छ । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि देशभर लक डाउन गरिएको समयलाई मध्यनजर गर्दै कोरना भाईरस (कोडिभ १९० )को संक्रमणका बेला गरिब, विपन्न मजदुर वर्गलाई राहतका लागि महेन्द्रनगर अवस्थित रहेको गैरसरकारी संस्था उदयदेव सरकारी संस्थाले आर्थिक सहयोग गरेको हो।

बुधबार भीमदत्त नगरपालिका , महाकाली नगरपालिका , वेदकोट नगरपालिका ,कृषणपुर नगरपालिका शुक्लाफाटा नगरपालिकालाई ४० हजारका दरले नगद रकमको चेक हस्तान्तरण गरिएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका कार्यालय प्रमुख गणेश चन्दले बताउनुभयो । देशभर लक डाउन भएको अवस्थामा गरिब तथा विपन्न आय स्तर भएका व्यक्तिहरुमा पर्न गएको अप्ठ्यारो तथा दैनिक जीवन निर्वाहका लागि राहत स्वरुप सहकारीको तर्फबाट पाँच नगरपालिकाहरुलाई सानो भए पनि सहयोग गरिएको बहुउद्देश्यीय सहकारी संस्थाका कार्यालय प्रमुख गणेश चन्द बताए ।

आपतकालीन समयमा सहकारी संस्थाको तर्फबाट आएको आर्थिक सहयोगले महामारीको दुखद घडिमा नगरपालिका क्षेत्रका गरिब, विपन्न समुदायलाई सहयोगका साथै राहत पुग्ने र यो समयमा सहयोग गर्ने सहयोगी संघसंस्थाहरु लाई नगरपालिका प्रमुखले हार्दिक धन्यवाद समेत दिएका छन्।

प्रतिक्रिया दिनुस