बाजुरा,चैत्र २७। बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडानम्बर ९ – मा रहेको एक गोठमा आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ ।मृत्यू हुनेमा दल बहादुर बोगटीकी ४ – वर्षकी छोरी आर्सना बोगटी रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

हिजो दिउसो आगलागी हुँदा बालिका घरमा खेलीरहेको अवस्थामा घरको गोठमा राखिएको परालमा आग्लागी हुदा बालिकाको मृत्यू भएको बुझिएको प्रहरीले जानकारी दिएको छ ।आगो स्थानीयको सहयोगमा नियन्त्रण गरिएको छ ।

बुढिनन्दा प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेर घटनाको बिबरण संकलन गरिरहेको र जिल्ला प्रहरी कार्यालयले टोली घटना स्थल पठाएको छ । घटना के कति कारणले भएको हो टोली पुगिसकेपछि मात्र सबै जानकारी हुने प्रहरी कार्यलयले बताएको छ ।बालिको लास पोष्टमाटमाको लागि हिजो रातिनै जिल्ला अस्पताल बाजुरामा ल्याएको छ । बालबालिकाको लास आज पोष्टमाटम गरिने भएको छ।

प्रतिक्रिया दिनुस