पुष्कर भट्ट ,चैत्र २७ । कोरोना भाईरस (कोभिट १९) रोकथाम तथा न्यूनिरणका लागि सरकारले लकडान गरेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गरि गुजारा चलाउने मजदुर विपन्न परिवारलाई राहत दिनका लागि भीमदत्त नगरपालिका ६ नम्बर वडालाई भारी परिमाणमा सहयोग पाईएको छ । भीमदत्त नगरपालिका ६का वडाध्यक्ष हरकसिह धामीले विभिन्न समाजिक व्यक्तित्वबाट सहयोग पाईएको बताए । उनका अनुसार १० हजारदेखि एक लाख रुपैयासम्म सहयोग पाईएको छ ।

अमिटी कलेजले एक लाखको चेक हस्तान्तरण गरिएको वडाध्यक्ष हरकसिह धामी बताउनुभयो । त्यस्तै भिन्न समाजसेवि व्यक्क्तित्व दिपेन्द्र रावल ११हजार, सन्त निरकार मण्डल, कमल चन्द, कमल चटौत, लिटिल स्टार स्कुल नव प्रतिभा स्कुलले १० हजारले दरले सहयोग गरेका छन् । भने पुर्णमा कृषि सहकारीका हरिचन्दले २ हजार गरि कुल १ लाख ६२ हजार रुपैया सहयोग पाईएको छ । बिहीबार सहयोगी दाताहरुले वडाध्यक्ष धामीलाई वडा कार्यालयमै हस्तान्तरण गरेका थिए । विभिन्न व्यक्ति निकायबाट आएको राहत सहयोगबाट वडामा रहेका विपन्न गरिब, दैनिक ज्यालामजदुरी गरि गुजारा चलाउने परिवारलाई उक्त राहत दिईने बताउनुभयो

प्रतिक्रिया दिनुस