बिकाश सिंह महता ,कञ्चनपुर ,चैत्र २७ । गते बिहिवार विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९) लाई रोकथाम नियन्त्रण रोकथामका लागि देशभर लक डाउन गरिएको बेलामा अति विपन्न परिवारको लागि राहत होस् भन्ने उदेश्यका साथ बेलडाँडी गाउँपालिका लाई कञ्चन बिकास बैंक बेलडाँडी शाखाले बिपद् कोषलाई आर्थिक सहयोग गरेको छ।

बिहिवार कञ्चन विकस बैंक बेलडाँडी शाखाका प्रमुख नरेन्द्र बहादुर बिष्टले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाक्षेत्रीलाई विपदकोषको लागि भनि ३५ हजारको चेक हस्तान्त्रण गराएका हुन् । उहाँका अनुसार मजदुरी ज्याला गरेर खाने परिवारलाई लामो लकडाउनले समस्या पुर्याएको हुन सक्ने भन्दै र कोरोना भाइरस रोकथाममा केहि राहत पुगोस् भनेर सहयोग गरिएको बताए ।

यस्ता विपदका बेला सबैले मिलेर यसको समाधन गरिनु पर्ने बताउनु भयो । कञ्चन बिकास बैंकले आफ्ना सबै शाखाद्धारा ७ लाख बराबरको राहत नगद वितरण गर्न लागेको समेत जानकारी गराउनु भयो । यस्तै चेक बुझदै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाक्षेत्रीले यस्तो विपदको बेलामा सहयोग गर्नेसहयोगीदाताहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो । यस्तो बेलामा सबैले विपको मिलेर सामना गर्नुपर्नेमा आफु लागि परेको बताउदै यतिबेला सबैले मानवता देखाउनु पर्ने जनाउनु भयो ।

प्रतिक्रिया दिनुस