बिकाश सिंह महता
कञ्चनपुर ,चैत्र २७ । देशभर कोरोना भाइरस (कोभिड १९ )रोकथाम र न्यूनीकरण गर्नको लागि लगाइएको लक डाउन लम्बिएको कारण मारमा परेका कृषक र किसानहरुले केहि राहत पाउने भएका छन ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि सरकारले बैशाख ३- गते सम्मका लागि लम्बिएको लक डाउनका कारण कञ्चनपुर बासी कृषकहरुले उत्पादन गरेको स्थानीय तरकारीले खेर गइरहेको र बजार नपाउँदा मारमा परेका कृषक व्यवसायहरुको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बाहिर को तरकारी र फलफुल आयातमा रोक लगाइने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
महामारीको यो दुस्खद घडीमा विदेशबाट तरकारी संगै मान्छेहरू भित्रीदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिएको ले स्थानीय स्थानिय उत्पादन लाई प्राथमिकता दिई बजार सम्म पुर्याउन सहजीकरण गर्नका लागि भोलि चैत्र २८- गते बिहिवार देखि भारतबाट आउने तरकारी तथा फलफुल आयातमा रोक लगाइने भएको भएको छ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिई यहाँको तरकारी र फलफुल अभावको स्थिति लाई हेरफेर गरि त्यही अनुसार अर्को सूचना जारी नभए सम्मका लागी आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नूरहरी प्रसाद खतिवडाले बताउनु भयो।

प्रतिक्रिया दिनुस