विकास सिह महता,
कञ्चनपुर चैत्र २८ ।कोरोना भाईर(कोडिभ १९)को संक्रमबाट जोगिनका लागि कञ्चनपुरको भीमदत्त नगपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा स्वय नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले रकम जम्मा गरेका छन् ।
शुक्रबार भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र प्रमुख प्रशासकिय अधिकृत पुष्कर भट्टले आफ्नो व्यक्तिगत रुपमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगद रकम जम्मा गरेका हुन् ।

भीमदत्त नगरपालिका नगर प्रमुख विष्टको सचिवालयका अनुसार प्रकोप कोषमा नगर प्रमुख विष्टले २५ हजार र प्रमुख प्रशासकिय अधिकृत भट्टले ११ हजार १सय ११रुपैया जम्मा गरेका हुन् । दुवै जनाले प्रशासनिक, समाजिक एव नैतिक जिम्मेबारी भन्दै आ–आफ्नो तर्फबाट व्यक्तिगत रकम जम्मा गरेका हुन् ।

यस अघि दर्जनौँ स्थानीयदेखि विभिन्न संघ संस्थाले प्रकोप कोषमा रकम जम्मा गरेका छन् । महामारीको घडीमा लकडाउनको पुुर्ण पालना गर्दै नगरपालिकाले स्थापना गरेको प्रकोप कोषमा नगद, जिन्सी भौतिक अभौतिक नैतिक सर्मथन गर्नुहुने महानुभावप्रति नगर प्रमुख विष्टले आभार प्रकट गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुस