विकास सिह महता,
कञ्चनपुर चैत्र २८ ।कोरोना भाईरस(कोडिभ–१९) को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनको समयमा डोरामा बस्ने विद्यार्थीलाई खाद्यान्न समस्या भएको मध्य नजर गर्दै विद्यालयले आफ्नै कोषबाट राहत वितरण गर्ने जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुरुप खाद्यान्न समाग्री वितरण गर्न लागेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले सरकारी राहतको मुख तान्नुभन्दा पनि विद्यालयले आफ्नै कोषबाट राहत दिने बताए । उनले जनप्रतिनिधी एव सरकारी निकायको रहोबारमा चामल, दाल, तेल लगायतका खाद्यान्नका साथै सुरक्षा समाग्री दिने बताए ।

‘यो महामारीको संकट हो, ‘अध्यक्ष विष्टले भने, ‘यस्तो समयमा सरकारका मुख तान्नुभन्दा विद्यालयले आफ्ना विद्यार्थीलाई सक्दो खाद्यान्न राहत दिनपर्छ ।’ अध्यक्ष विष्टले महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुल मा अध्ययनरत डेरा कोठा भाडा मा बसिरहेका छात्र÷छात्राहरु मध्ये खाद्यान्न समस्यामा विद्यार्थीलाई २९ चैत्र शनिबार बिहान ६ बजेदेखि समाजिक दुरी कायम गरेर राहत वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुस