काठमाडौं ,चैत्र २९ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिट १९ )कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार जनाको मृत्यु भएको छ ।पछिल्लो २ साता संक्रमितको संख्या र मृत्युदर दुबै बढेको देखिएको छ । शनिबारसम्ममा करिब १७ लाख संक्रमित हुदा १ लाख ३ हजार जनाको मृत्यु भएको सञ्चार माध्यले जनाएको छ ।

चीनको वुहानशहरबाट फैलिएको भाइरसबाट तीन महिनामा ५० हजारको पनि मृत्यु नभएकोमा पछिल्ला महिना अत्याधिक बढी देखिएको हो ।अमेरिकामा संक्रमितको संख्या ५ लाख नाघ्यो, एकैदिन २ हजारको मृत्युअमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ ।शुक्रबार करिब साढे ३३ हजार थपिएसँगै त्यहाँ संक्रमितको संख्या ५ लाख नाघेको हो ।

शुक्रबार बिहानसम्म अमेरिकामा ५ लाख २ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् ।अमेरिका कोरोना संक्रमित धेरै हुने सूचीको शीर्ष स्थानमा छ । त्यहाँ यो भाइरसका कारण मृत्यु हुने दर पनि बढ्दो छ ।पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३७ जनाले ज्यान गुमाएका छन् । यो संख्या अमेरिकामा अहिलेसम्मकै बढी हो । त्यहाँ मृतकको कुल संख्या १८ हजार ७ सय नाघेको छ ।

कोरोनाबाट अमेरिकाको सबैभन्दा बढी न्यू योर्क राज्य प्रभावित छ । त्यहाँ १ लाख ७२ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ७ हजार ८ सयको मृत्यु भएको छ । न्यू योर्कमा शुक्रबार एकैदिन ७७७ को मृत्यु र १० हजार ८ सय नयाँ संक्रमित थपिएका छन् ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोना हालसम्म २१० देश प्रभावित भइसकेका छन् ।शनिबार बिहानसम्म यो भाइरसका कारण १६ लाख ९७ हजार व्यक्ति संक्रमित हुँदा १ लाख २ हजार बढीको ज्यान गएको छ ३ लाख ७६ संक्रमित भने उपचारपछि निको भएका घर र्फकिएका छन् ।

प्रतिक्रिया दिनुस